सातै प्रदेशमा तोकिए निर्वाचन अधिकृत

निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत तोकेको छ ।

बिज्ञापन

आयोगले कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई, मधेश प्रदेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरी, बामगती प्रदेशमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठ, गण्डकी प्रदेशमा कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्वासे, लुम्बिन प्रदेशमा दांग जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डित, कर्णाली प्रदेशमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाल र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापा निर्वाचन अधिकृत तोकेको छ ।

बिज्ञापन

आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जन जिल्ला न्यायाधीशलाई यहिँ पुष १५ गतेबाट लागू हुनेगरी निर्वाचन अधिकृत नियुक्त भएका हुन् ।

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको हो । यसरी नियुक्त भएका निर्वाचन अधिकृतहरुले यहिँ पुष १६ गतेदेखि सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष