संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

फागुन २१ मा निर्वाच हुन नसके संसद पुनस्थापना वा सर्वदलीय सरकार ? अहिले यही बिषयमा नेपाली राजनीति तातिरहेको छ । दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले संसद पुर्नस्थापना हुनुपर्ने रिट बोकेर अदालतमा पुगिरहेका छन् भने केही जेनजीहरु सर्वदलीय सरकारको माग राखेर सडक तताइरहेको स्थिति छ । यही स्थितिमा प्रधानमन्त्री सुशीला कार्की आफू प्रधानमन्त्री बनेको एक सय दिन पछि पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताहरुसँग एकै ठाउँमा भेटघाट गरेकी छिन् । आजको भेटघाटले लामो समयदेखिको संवादहीनता तोडिएको छ ।

बिज्ञापन

 झण्डै तीन महिना लामो संवादहिनता राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तोडिएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलमा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका शीर्ष नेतालाई एकै ठाउँमा भेटवार्ता गर्ने अवसर जुराइदिएका हुन् ।

बिज्ञापन

जेनजी घटनापछि ओली र प्रचण्ड पनि पहिलोपल्ट सँगै बैठकमा सहभागी हुनुभएको हो । फागुन २१ गते निर्वाचन गराउन सरकारले तयारी गरिरहँदा संसद पुनःस्थापनाको मागसहित कांग्रेस र एमाले सर्वोच्च पुगेको पृष्ठभूमिमा राष्ट्रपति पौडेलले आजको छलफल आयोजना गरेका थिए । जेनजी आन्दोलनको बलमा कार्की प्रधानमन्त्री बनेको १०० दिन नाघिसकेपछि पहिलोपटक तीन शीर्ष नेतासँग भेटवार्ता भएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डविच भेटवार्ता र निर्वाचनबारे कुराकानी भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षा मन्त्रालयका नक्कली शाखा अधिकृतको चर्तिकला

घर जान लागेका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका अध्यक्षका आफन्तको धमाधम अस्वाभाविक बढुवा, अख्तियारले माग्यो स्पष्टीकरण

संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकलाई काट्यो पत्र,शुक्रवार बयान लिने तयारी

प्रशासन र मालपोतबाट २९ विचौलिया पक्राउ

कारबाही हुनुपर्ने उपसचिव निरौला सहसचिवमा बढुवा सिफारिस, प्रशासन नै प्रश्नको घेरामा

बिशेष