संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

फागुन २१ मा निर्वाच हुन नसके संसद पुनस्थापना वा सर्वदलीय सरकार ? अहिले यही बिषयमा नेपाली राजनीति तातिरहेको छ । दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले संसद पुर्नस्थापना हुनुपर्ने रिट बोकेर अदालतमा पुगिरहेका छन् भने केही जेनजीहरु सर्वदलीय सरकारको माग राखेर सडक तताइरहेको स्थिति छ । यही स्थितिमा प्रधानमन्त्री सुशीला कार्की आफू प्रधानमन्त्री बनेको एक सय दिन पछि पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताहरुसँग एकै ठाउँमा भेटघाट गरेकी छिन् । आजको भेटघाटले लामो समयदेखिको संवादहीनता तोडिएको छ ।

बिज्ञापन

 झण्डै तीन महिना लामो संवादहिनता राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तोडिएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलमा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका शीर्ष नेतालाई एकै ठाउँमा भेटवार्ता गर्ने अवसर जुराइदिएका हुन् ।

बिज्ञापन

जेनजी घटनापछि ओली र प्रचण्ड पनि पहिलोपल्ट सँगै बैठकमा सहभागी हुनुभएको हो । फागुन २१ गते निर्वाचन गराउन सरकारले तयारी गरिरहँदा संसद पुनःस्थापनाको मागसहित कांग्रेस र एमाले सर्वोच्च पुगेको पृष्ठभूमिमा राष्ट्रपति पौडेलले आजको छलफल आयोजना गरेका थिए । जेनजी आन्दोलनको बलमा कार्की प्रधानमन्त्री बनेको १०० दिन नाघिसकेपछि पहिलोपटक तीन शीर्ष नेतासँग भेटवार्ता भएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डविच भेटवार्ता र निर्वाचनबारे कुराकानी भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

फाइल मन्त्रालयमा, औषधि अभाव अस्पतालमा : बिचौलियाले रोक्यो विदेशी औषधि उद्योगको निरीक्षण

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

मालपोत कार्यालय लगनखेलका तीन नासु ३ लाख घुससहित पक्राउ

लगनखेल मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी ३ लाख घुससहित पक्राउ

ज्योती बैंकको ज्यादती : अदालतले रोक्का राखेको जग्गा सेटिङमा लिलाम,विवादमा बहादुर

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

बिशेष