जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।
बिज्ञापन
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ । आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै पत्र काटेको हो । आयोगले आगामी शुक्रवार लेखकसँग बयान लिने तयारी गरेको छ ।
प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान सकिएपछि आयोगले राजनीतिक नेतृत्वको बयान थालेको हो । लेखकको बयानपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने आयोगको तयारी छ ।

























