श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव मिरा आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशक (डिजी) बनाउने तयारी भइरहेको छ । यस अघि लामो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेकी मीरा आचार्य अस्तिको लटमा सरुवा भएर श्रममा पुगेसँगै उनै मीरालाई महानिर्देशक बनाइने तयारी स्वरुप श्रममा लगिएको चर्चा हुँदैछ,श्रम मन्त्रालयभित्र ।
बिज्ञापन
हाल वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईको मधेश प्रदेशमा सरुवा भएपछि उक्त स्थानमा आचार्यलाई पठाउने तयारी गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहँदा ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छेडखानी तानिएकी आचार्यले पछि समितिमा बयानका क्रममा निजामती सेवा विद्येयकका प्रावधानहरु छेडखानीमा आफ्नो कुनै भूमिका नरहेको बयान दिएकी थिइन । यद्यपि प्रतिवेदनमा उनीसहितका कर्मचारीहरु कुलिङ अफ पिरियडको छेडखानीमा उनीसहितका कर्मचारीहरु जिम्मेवाररहेको उल्लेख गरिएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार महाशाखामा रहँदा निजामती सेवा ऐनको ‘कुलिङ पिरियड’ प्रकरणमा उनी दोषी ठहर भएको उल्लेख गरिन्छ। सो प्रकरणमा संसदीय समितिले समेत उनलाई दोषी करार गरेको थियो । उनै आचार्यलाई विभागको महानिर्देशक बनाइने तयारी चलिरहेको हो ।

























