एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

नेकपा एमालेको महाधिवेशनमा मध्यान्हसम्ममा ४ सय मत खसेको छ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा जारी मतदान प्रक्रियामा ८० वटा भोटिङ मेसिनमार्फत एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरिरहेका छन् ।

बिज्ञापन

एमालेको ११ औं महाधिवेशनमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका चयन हुँदैछ । जहाँ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्। अध्यक्षका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलका दुई प्यानलका गरी ६ सय ५० भन्दा बढी उमेद्धारबाट ३०१ सदस्यीय केन्द्रीय कमिटि चयन हुँदैछ ।

बिज्ञापन

एक जना मतदाताले ३ सय बढी उमेद्धारलाई मतदान गर्नुपर्ने हुँदा विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदा समेत प्रविधिमा अभ्यस्त मतदातालाई समेत कम्तिमा ३० मिनेट समय लाग्ने बताइएको छ । मतदानस्थलमा ८० वटा विद्युतीय मेसिन राखिएको छ । एक पटकमा ८० जनाले मतदान गर्न पाउनेछन् ।

एमालेमा २२ सय ६३ प्रतिनिधि मतदाता छन् । यही गतिमा मतदान प्रक्रिया चल्दा बेलुका ८ देखि १० बजेसम्ममा मतदान सकिने आकलन गरिएको छ ।

बिज्ञापन

एमालेको भावी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ओली प्यानलको उपाध्यक्षमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल छन् । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल, सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्‌मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की छन् ।

पोखरेलको प्यानलमा उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा। विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङ, महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल उम्मेदवार रहेका छन् । यस्तै, सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाललाई अगाडि सारिएको छ ।

अध्यक्षमा केपी ओली नै निर्वाचित हुनसक्ने आँकलन गरिँदैछ भने महासचिवमा सुरेन्द्र पाण्डे आउन सक्ने आँकलन छ ।

मतदाताहरुले प्यानल नहेरी क्रस भोटिङ गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष