सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

सिद्धार्थनगर नगरपालिकाको एउटा नयाँ सरकारी गाडी तीन दिनदेखि बेपत्ता भएको छ। नगरपालिकाको उपप्रमुख उमा अधिकारीले नेकपा (एमाले)को ११औँ महाधिवेशनमा सहभागी हुन प्रयोग गरेको भनिएको उक्त गाडी अहिले कहाँ छ भन्ने कुरा रहस्यमय बनेको छ।

बिज्ञापन

 

बिज्ञापन

नगरपालिकाको सेतो ह्युण्डाई क्रेटा (नम्बर प्लेट: बा.प्र.०१–०३३ च १८९७) एशियाली विकास बैंक (एडिबि)को लगानीमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाबाट प्राप्त गरिएको हो। स्थानीय स्रोतका अनुसार, गत बुधबार मध्यरातमा गाडी नगरपालिकाबाट बाहिरिएको थियो।

 

बिज्ञापन

सधैं नगरपालिकाका चालकले मात्र चलाउने गरेको यो गाडी हाल सवारी चालकबिनै हराएको उल्लेख गरिएको छ। स्रोतका अनुसार बिहीबार बिहान उपप्रमुख उमा अधिकारी काठमाडौं प्रस्थान गर्दा उक्त गाडी प्रयोग गरिएको थियो।

 

नगरपालिकाले यसबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन। कर्मचारीहरू समेत गाडीको बेपत्ता भएको विषयमा अन्यौलमा छन्। एक कर्मचारीले भने, “उपप्रमुखले नियमित नम्बर प्लेटको गाडी कार्यालयमै राखेर आम नागरिकलाई झुक्याएका हुन् कि? अब कर्मचारीहरू पनि प्रश्नको जवाफ दिन अन्यौलमा छन्।”

 

स्रोतले थप भनेका छन्, “गाडी मध्यरातमा उपप्रमुखले लगेको हो। चालक सँगै थिएनन्। तर अहिले गाडी कहाँ छ र पार्टीको महाधिवेशनको अतिरिक्त के प्रयोगमा छ भन्ने कुरा उहाँलाई मात्रै थाहा होला।”

 

नगरपालिकामा सार्वजनिक स्रोतबाट प्राप्त सरकारी साधनको दुरुपयोग र निगरानीको अवस्था यस घटनाले पुनः उजागर गरेको छ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष