अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तीन महिना अवधि बाँकी हुँदा चौथो पटक मन्त्रिपरिषदे विस्तार गरेकी छिन् । यस पटक थप चार जना नयाँ अनुसार थपेर मन्त्रिपरिषद्को सदस्यको संख्या १४ पुर्याइएको छ ।  शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई शपथ ग्रहण गराएका छन् ।
जस अनुसार, नेपाल प्रहरीका पूर्वएआईजी भण्डारीलाई श्रम तथा रोजगार मन्त्रालय,वरिष्ठ अधिवक्ता इङ्नामलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, जनस्वास्थ्य विद् चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय र श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।उनीहरुले कार्यभार सम्हालिसकेका छन् ।

बिज्ञापन

तर,चार पटकसम्म मन्त्रिपरिषद् विस्तार गर्दा बरियता भने अस्वभाविक राखिएको हुन्छ । कुनै पनि मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास । कुनै पनि व्यक्तिको इतिहास,उस्को योग्यता,दक्षता समेत ख्याल नगरी बरियता राखिएकोप्रति धेरैले अस्वभाविक भएको टिप्पणी गरेका छन् । जस्तो कि : प्रधानमन्त्री कार्कीपछिको वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल छन् । त्यसपछि, तेस्रोमा ऊर्जामन्त्री कुलमान घिसिङ, चौथोमा गृहमन्त्री ओमप्रकाश अर्याल र पाचौंमा उद्योगमन्त्री अनिलकुमार सिन्हालाई राखिएको छ । यसअघि मन्त्रिपरिषद् विस्तार हुँदा नै सर्वोच्च अदालतको न्यायाधीश भइसकेका अनिलकुमार सिन्हा पूर्वसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकसम्म भएर काम गरेका कुलमान घिसिङ र वरिष्ठ अधिवक्तासमेत भइसकेका ओमप्रकाश अर्यालपछिको पाँचौँ वरीयतामा थिए ।  सर्वोच्च अदालतको न्यायाधीश भइसकेका अनिलकुमार सिन्हालाई वरिष्ठ अधिवक्ताभन्दा पनि तल राखिएको बिषयमा सोही समयमा अनेकन कोणबाट टिका टिप्पणी भएको थियो । त्यो गल्तीलाई सच्याउन जरुरी ठानिएको छैन । यस पटक पनि ३० बर्ष प्रहरी सेवामा बिताएर एआइजी तहमा पुगेर अवकाश भएका व्यक्तिलाई २८ बर्षे जेनजी मन्त्रीभन्दा मुनी राखिएको छ ।

बिज्ञापन

बरियताको  छैटौंमा महावीर पुन, सातौंमा मदन परियार, आठौंमा जगदिश खरेल, नवौंमा सुधा गौतम र दशौंमा बब्लु गुप्ता रहेका छन् । शुक्रवार थपिएकाहरूलाई ११औंदेखि चौधौं वरीयतामा क्रमश कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधवप्रसाद चौलागाईं र श्रद्धा श्रेष्ठलाई राखिएको छ । यसअघि नै अस्वाभाविक वरीयता क्रम रहेको मन्त्रिपरिषद्ले त्यो क्रमलाई निरन्तरता दिएको छ ।

थपिएका मन्त्रीहरूमा प्रा डा कुमार इङनाम र पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीको वरीयता जेनजीको प्रतिनिधित्व गर्दै मन्त्री बनेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताभन्दा पछाडि छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष