लोकसेवा परीक्षा : सबैभन्दा धेरै चिट चोर्नेमा प्रहरी र सेना - Karmacharipress

लोकसेवा परीक्षा : सबैभन्दा धेरै चिट चोर्नेमा प्रहरी र सेना

लोकसेवा आयोगको परीक्षामा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको पदमा निजामती कर्मचारीहरूको तुलनामा चिट चोरी अनियमिता र खेताला (नक्कली परिक्षार्थी) प्रयोग गर्ने गरेको पाइएको छ।
निजामती तथा सरकारी सेवा प्रवेशका लागि फलामे ढोका मानिने लोकसेवाका सबै परीक्षा पार गरेर उत्र्तीण हुनेमा जुम्ला,स्याङ्जा,गुल्मी,अर्घाखाँचीकाहरु अग्रपक्तिंमा देखिँदा खेताला उमेद्धार अगाडि सार्नेदेखि चिट चोर्नेसम्मका बदमासीमा नेपाल प्रहरी र नेपाली सेना अग्रपक्तिंमा देखिएका छन् ।

बिज्ञापन

सबैभन्दा बढी अनुशासनमा रहने मानिएको सुरक्षा संगठनतर्फको परीक्षामा यस्तो बदमासी र लापरवाही देखिएको छ, लोकसेवाको परीक्षामा । आयोगले ०७३/ ७४ देखि सुरक्षा निकायको विज्ञापन गर्दै आएको छ । जसमा पछिल्लो पटकमात्र सुरक्षा संगठनतर्फका ३६ परीक्षार्थी अनियमिततामा डामिएर कारवाहीमा परेका छन् । अघिल्लो आर्थिक बर्ष लोकसेवाले सञ्चालन गरेको परीक्षामा सहभागी भएका उमेद्धारमध्ये निजामती सेवातर्फ ३ महिला र २ पुरुष गरी ५ जना,सङ्गठीत संस्थातर्फ २ महिला र ८ पुरुष गरी १० परीक्षार्थी कारवाहीमा पर्दा सुरक्षा निकायतर्फ ३६ फन्दामा परेका हुन । जबकी गत बर्ष निजामती सेवातर्फ पाँच जना उम्मेदवारलाई आयोगले तोकेका शर्त उल्लघंन गरेर अनियमित काम गरेको भन्दै कारबाही गरेको थियो।

बिज्ञापन

नेपाली सेना र पुलिस तर्फ इलोक्ट्रनिक डिभाइस प्रयोग गर्ने, चिट चोर्ने, उत्तर पुस्तिाका च्यात्ने उम्मेदवारहरूको संख्या प्रतिवेदनमा उल्लेख गरिएको छ। जस अनुसार प्रहरी र सेनाको परिक्षामा ३÷३ जनाले परीक्षामा इलोक्टे«निक डिभाइस लगेका थिए भने पुलिस तर्फ ८ जना उम्मेदवारले उत्तर पुस्तिका नबुझाई हिँडेको आयोगको प्रतिवेदनमा उल्लेख छ । यस्तै, नेपाली सेनाको परिक्षामा ३ जना उम्मेदवारले परीक्षा केन्द्रमै उत्तर पुस्तिका च्यातेका थिए ।

यस्तै, प्रश्नपत्र च्यात्ने १ र उत्तर पुस्तिका बोकेर घर जाने ८,इलेक्ट्रिक डिभाइस प्रयोग गर्ने ३ गरी २९ जनाले एक देखि तीन बर्षसम्म परीक्षा दिन नपाउने भएका छन् । उता, नेपाली सेनातर्फका अमर्यादित गतिविधि गर्ने ७ फन्दामा परेका छन् । इलेक्ट्रिक डिभाइस प्रयोग गर्ने १ महिला र २ पुरुष गरी ३,चिट चोर्ने १ र उत्तर पुस्तिका च्यात्ने ३ परीक्षार्थीहरु १ देखि ३ बर्षसम्म परीक्षा दिन नपाउने गरी कारवाहीमा परेका हुन । यसरी परीक्षामा अनियमित कार्य गर्नेमा ४४ पुरुषसहित ५१ जना रहेका छन् । कारवाहीमा परेकामध्ये १० को परीक्षा रद्ध,१ बर्षसम्म परीक्षामा सामेल हुन नपाउने गरी कारवाहीमा परेका ७,२ बर्षसम्म परीक्षामा सहभागी हुन नपाउने ८ र तीन बर्षसम्म लोकसेवा भीड्न नपाउने गरी कारवाहीमा पर्नेको संख्या १६ जना रहेका छन् ।

बिज्ञापन

परीक्षामा अनियमिता गर्ने उम्मेदवारलाई आयोगले १ वर्षदेखि २ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गर्ने गरेको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१ ८२ मा आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनका लागि आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल चार लाख ५९ हजार आठ सय ३४ दरखास्त प्राप्त भएका छन्।

प्रतिवेदनअनुसार आयोगबाट प्रकाशित निजामती सेवातर्फका तीन हजार एक सय ८१ विज्ञापनमध्ये विभिन्न ४४ वटा विज्ञापनमा कुनै पनि दरखास्त परेनन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोक सेवाबाट फर्कियो संघीय निजामती विधेयक, ‘३०–५५’ सहित अवकाश र बाह्य प्रवेशमा सुझाव

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

बिशेष