एमाले महाधिवेशन प्रतिनिधि चयन : मन्त्री र प्रदेश सांसद नै पराजित

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा मन्त्री र सांसदहरु नै पराजित भएका छन् । काठमाडौं क्षेत्र नम्बर चारबाट प्रदेशका एक मन्त्री नै पराजित भएका छन् भने अर्घाखाँचीमा भएको निर्वाचनमा प्रदेशका सांसद नै पराजित भएका हुन ।

बिज्ञापन

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट खुल्लातर्फ प्रतिनिधि बनेका जयराम थापाले महाधिवेशन प्रतिनिधिको निर्वाचनमा हार व्यहोरेका छन् । ०७९ को प्रदेश निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित भएर गत साउनमा हाल सो प्रदेशका श्रम,रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उनी पराजित भएका हुन्। खुलातर्फ दुई प्रतिनिधि छनोटका लागि १३ जना उम्मेदवार रहेका थिए। यो क्षेत्रमा सबै गरी पाँच जना प्रतिनिधिका लागि भएको निर्वाचनमा श्रीकृष्ण श्रेष्ठ, उद्धव खरेल, सुनिता गुरुङ, सरस्वती कार्की र प्रकाश कटुवाल निर्वाचित भएका छन्।

बिज्ञापन

उता अर्घाखाँचीमा भएको चुनावमा लुम्बिनी प्रदेशका सांसद रामजीप्रसाद घिमिरे पराजित भएका हुन ।
निर्वाचन कमिटी अर्घाखाँचीका अनुसार कूल ३ हजार ६५० मतमध्ये पुरुष खुलातर्फ पिताम्बर भुसाल ३ हजार १८७ मतसहित विजयी हुँदा प्रदेशसभा सदस्य घिमिरे १ हजार ९८० मत अन्तरले पछि परेका छन् ।
सो जिल्लामा १३ प्रतिनिधि छनोट हुँदा सबै ओली पक्षका रहेका छन् । खुलातर्फ निर्वाचित हुनेमा ओलीपक्षका एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल, उपाध्यक्ष शम्भु पोखरेल, लुम्बिनी प्रदेश कमिटी सदस्य वसन्त श्रेष्ठ, जिल्ला सचिवालय सदस्य रेशम थापा, कमल घिमिरे र तेजप्रसाद खनाल गरी ६ जना छन् ।

यस्तै, महिलातर्फ निर्वाचित हुनेमा दीपा आचार्य, सुष्मा श्रेष्ठ, विष्णुमाया आचार्य र लक्ष्मी गौतम छन् । शितगंगा नगरपालिकाका उपप्रमुख समेत रहेकी गीता भाट क्षेत्री पराजित भइन् ।

बिज्ञापन

युवातर्फ जिल्ला सचिव तोजबहादुर रायमाझी, दलिततर्फबाट लीलबहादुर विक र आशा परियार सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । जिल्ला जिल्लाबाट भएको प्रतिनिधि छनौटको प्रारम्भिक सूची हेर्दा ओली नै तेस्रो पटक अध्यक्षमा बन्ने गरी तलबाट प्रतिनिधि चयन भएको देखिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

फाइल मन्त्रालयमा, औषधि अभाव अस्पतालमा : बिचौलियाले रोक्यो विदेशी औषधि उद्योगको निरीक्षण

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

मालपोत कार्यालय लगनखेलका तीन नासु ३ लाख घुससहित पक्राउ

लगनखेल मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी ३ लाख घुससहित पक्राउ

ज्योती बैंकको ज्यादती : अदालतले रोक्का राखेको जग्गा सेटिङमा लिलाम,विवादमा बहादुर

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

बिशेष