क्याविनेटका नौं निर्णय : बढुवा,नियुक्ति,अध्यादेश संशोधनदेखि अधिकृतस्तरका दरबन्दी स्वीकृतसम्म

आज बसेको क्याबिनेट बैठकले नौ वटा निर्णय सार्वजनिक भएको छ । आज बसेको क्याविनेट बैठकले मुख्य सचिवका रुपमा सुमनराज अर्यालको नियुक्ति गर्ने निर्णय गरेको छ । यस्तै विदेशी अनुदान स्वीकार,विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड खारेज, प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने,अधिकृतस्तरको दरबन्दी स्वीकृत,भूमि अध्यादेशको नवौं संशोधन जारी गर्न सिफारिस गर्ने लगायतका निर्णयहरु गरेको छ मन्त्रिपरिषद्को बैठकले ।

बिज्ञापन

१. युरोपियन युनियनको ‘Green and Reliable Energy for Economic Prosperity in Nepal’ परियोजनाका लागि २ कराेड ३५ लाख ८० हजार युरो अनुदान स्वीकार गर्ने।

बिज्ञापन

२. भैरहवा विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्ने, त्यहाँको भाडादर २० बाट घटाई ५ रुपैयाँ प्रति वर्गमिटर कायम गर्ने।

३. विद्युत् नियमन आयोगलाई ‘South Asia for Infrastructure Regulation’ को सदस्यता स्वीकारका लागि अनुमति दिने।

बिज्ञापन

४. नेपाल प्रहरीको संरचनाभित्रै पद मिलान तथा दरबन्दी थप–घट गर्ने र संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी काम थाल्न स्वीकृति।

५. भदौ २३ र २४ का आन्दोलनमा घाइतेहरूको उपचार र राहत उपलब्ध गराउने, साथै सेवा–सहयोगका लागि हेल्प डेस्क गठन गरी १० जना स्वयंसेवकलाई चार महिनासम्म मासिक १५ हजार रुपैयाँ खाजा–खर्च उपलब्ध गराउने।

६. प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने।

७. भूमि सम्बन्धी अध्यादेश नवौं संशोधन–२०२२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

८. वन तथा वातावरण मन्त्रालयअन्तर्गत २०८२/८३ देखि सञ्चालन हुने एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाका लागि अधिकृतस्तरका ३७ दरबन्दी स्वीकृत गर्ने।

९. मुख्य सचिव एकनारायण अर्यालको अनिवार्य अवकाशपछि सचिव सुमनराज अर्याललाई नयाँ मुख्य सचिवको जिम्मेवारी दिने।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्याविनेटका नौं निर्णय : बढुवा,नियुक्ति,अध्यादेश संशोधनदेखि अधिकृतस्तरका दरबन्दी स्वीकृतसम्म

निर्देशक,लेखा अधिकृत,इञ्जिनियरसहित सात विरुद्ध भ्रष्टाचार मुद्धा

तथ्यांक अधिकृतदेखि निजामतीको सर्वोच्च कमान्डरसम्म

अबको मुख्य सचिव बारुदमाथि: निर्वाचनदेखि अख्तियारको जोखिमसम्म पाँच मोर्चामा घेरिने

निर्वाचनदेखि हतियार खरिदसम्म: मुख्य सचिवको पहिलो दिनमै ‘हाई–रिस्क’ चुनौतीको भीड

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै, मुख्यसचिव टुंग्याउने एजेन्डा प्रमुख

मुख्यसचिव नियुक्ति नजिकिँदै गर्दा सचिव डा. कृष्णहरि पुष्करविरुद्ध संगठित दुष्प्रचार तीव्र

लेखा समूहका ५५ कर्मचारीको सरुवा, नयाँ कार्यस्थल तोकियो

बिशेष