यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय

मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णय आज सार्वजनिक गरिएको छ । जसमा बढुवा,नियुक्ति,वैदेशिक भ्रमण स्वीकृत,अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने लगायतका निर्णयहरु रहेका छन् ।

बिज्ञापन

सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन अध्यादेश) जारी गर्न राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ। यस्तै नेपाल विशेष ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि हिजोको क्याविनेटले गरेको छ ।

बिज्ञापन

यस्तै,शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघिका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ अवकाश भएपछि उक्त पद रिक्त थियो। डा कल्पनाकुमारी श्रेष्ठ प्रत्यारोपण केन्द्रको सबैभन्दा बरिष्ठ चिकित्सक हुन् ।

यस्तै जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैया तत्काल राहत रकम उपलव्ध गराउने निर्णय गरेको छ। प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिव ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २ दशलमव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने, नेपाल स्टक एक्स्चेन्स लिमिटेडको पुनसंरचना गर्न आवश्यक अध्ययन गरि सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय भएको छ भने माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम हुने गरि अध्यागमन नियमावलीमा हेरफेर गर्ने निर्णय पनि क्याविनेटले गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष