सल्लाहकारले नै छाडे प्रचण्डको साथ

विघटित नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वप्रेस सल्लाहकार ओम शर्माले पार्टी परित्याग गरेका छन् ।प्रचण्डले माओवादी केन्द्र विघटन गरेर नेपाली कम्युनिस्ट पार्टीमा एकता गराएसँगै उनले प्रचण्डको साथ छाडेका हुन् ।  शर्मासँगै पार्टीका अन्य नेताहरूले पनि प्रचण्डको साथ छाडेका छन् ।

बिज्ञापन

शर्मा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार बनेका थिए। पछिल्लो समय उनी पार्टीको एसिया प्रवास संगठन समिति इन्चार्ज थिए ।कुनै समय प्रचण्डका नजिकका पात्र मानिने शर्मा नेता जनार्दन शर्माका आफन्त हुन् । उनी प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा प्रेस सल्लाहकार बनेका थिए ।

बिज्ञापन

शर्मासँगै केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त, अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल, एसिया संगठन समिति सदस्य रामहरि पुडासैनी, अन्तरमहादेशीय समिति सदस्य धर्मराज खतिवडा, बाबुराम सापकोटा, नेपाली प्रगतिशील मञ्च बेल्जियमका प्रवक्ता दिल निशानी मगर, र मञ्च अष्ट्रेलियाका महासचिव ई प्रतिक पोखरेलले पनि पार्टी त्यागेका छन् ।

‘पार्टी स्थापनाकालदेखि आजसम्म आयव्ययको कुनै विवरण प्रस्तुत गरिएको छैन । नेतृत्वमा चरम सत्तालिप्सा, परिवारवाद हावी छ । नेतृत्वको जीवनशैली कम्युनिष्ट आचरण विपरीत अत्यन्त भड्किलो छ, जसका कारण कम्युनिष्टहरुको नैतिक धरातल कमजोर बन्न पुगेको छ’ उनले भनेका छन्, ‘उपरोक्त कारणले हामी तपसिलका विभिन्न जिम्मेवारीमा रहेका साथीहरु पार्टीलाई विघटन गरेर माधव नेपालको पार्टीमा माओवादी आन्दोलनलाई विसर्जन गरी बनाइएको ‘नेपाली कम्युनिष्ट पार्टी’सँग कुनै सम्बन्ध नराख्ने घोषणा गर्दछौं ।’

बिज्ञापन

शर्मा र उनका सहकर्मीहरूले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा माओवादी आन्दोलनलाई विलय गरिएको भन्दै कुनै सम्बन्ध नराख्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

तीन मन्त्रालय गाभेर खर्च घटाउने सरकार, लम्सालको सचिवालयमा ३९ जनाको ‘जम्बो दरबार’

मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

पराजुली सचिवमा बढुवा

चार सहसचिवको जिम्मेवारी हेरफेर : कल्पना महानिर्देशक,कप्रमा सुबेदी

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

बिशेष