को होला अवको मुख्य सचिव : यस्तो छ बरीयता मिचेर नियुक्त भएकाहरुको नालीबेली

आगामी महिना मुख्य सचिव एकनारायण अर्यालको कार्यकाल सकिँदैछ । अबको भावी मुख्य सचिव को होला ? जसरी विचौलियाहरुका जोडबलका बाबजुत पनि प्रहरीको आइजीपीमा बरियताका आधारमा पहिलो नम्बरका रहेका दानबहादुर कार्कीलाई बनाइयो के उसैगरी प्रशासनिक वृत्तमा सुमन अर्याल नै मुख्य सचिव होलान वा कृष्णहरि पुष्करले बाजी मार्लान वा बीचबाट अर्थ सचिव घनश्याम उपाध्यायको पल्लाभारी होला ? चासो र चर्चा सँगसँगै छ ।

बिज्ञापन

स्रोत भन्छ,‘यदि ओली सरकार रहिरहेको भए मुख्यसचिवमा लफडाको स्थिति थियो । ओलीले प्रमिला बज्राचार्य, कांग्रेस सभापति शेरबहादुर देउवाले विचौलिया दिपक भट्टका प्रिय गोकर्णमणि दुवाडी र कृष्णहरि पुष्करमध्येबाट बनाउन लबिङ गरिसकेका थिए ।

बिज्ञापन

आइजीपी सुमन तथ्यांकतिरबाट आएका प्राविधिक हुन् । अहिले रक्षा मन्त्रालयमा सचिव छन् तर सबै हिसाबले निपुण भएकाले मुख्यसचिवमा उनकै सम्भावना बढी देखिएको स्रोतहरुको दावी छ । सेनामा सिनियरिटी, पुलिसमा पनि वरिष्ठता नै कायम गरिसकिएकाले प्रशासनतिर पनि सुमन अर्याल नै माथि आउने आकलन गरिएको छ । सुमन बनाउन नसके पनि बिगार्न पनि नसक्ने पात्रका रुपमा कर्मचारी वृत्तमा चिनिन्छन् ।

१३ भदौं २०८१ मा मुख्य सचिवको कुर्सीमा पुगेका अर्याल यही मंसिर १२ पछि अनिवार्य अवकाशमा जानेछन् । ५८ बर्षे उमेरहदका कारण उनी अवकाशमा गएसँगै नयाँ सचिवमा बरियता अनुसार नियुक्ति गरिन्छ वा अन्यलाई च्यापिन्छ ? अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला सरकारको समेत परिक्षण हुनेछ भनिँदैछ ।  ४८ साल यता कुनै पनि मुख्य सचिव नियसंगत ढङ्गबाट वा वरियताका आधारमा भएका छैनन् । बचनमा जतिसुकै लोकतन्त्रको सरस्वती बसे पनि ब्यवहारमा चाहिँ हरेक सत्ताले एसम्यानलाई काखी च्याप्दै आएको छ । बलरामसिंह मल्ल रिटायर्डको मुखमा पुगिसकेका थिए । उनीभन्दा पहिले कानून सचिव तीर्थमान शाक्य घर जाने भए । ती दुईको अवकाश एकाध महिनाभित्र हुँदै थियो । शाक्यलाई जसरी पनि मुख्यसचिव बनाउन ओमकार श्रेष्ठ, रामकृष्ण ताम्राकार र अमिता कपालीहरुबाट लबिङ्ग शुरु भयो,फलतः मल्ललाई जर्मनीको लागि राजदूत बनाइयो भने शाक्यले मुख्यसचिव बन्न अवसर पाए ।

बिज्ञापन

यस अघि केशव राजभण्डारीलाई म्याद नथपी विमल कोइरालालाई मुख्यसचिव बनाए । रोलक्रममा रहेका शम्भु खनाल र श्रीकान्त रेग्मीलाई काँग्रेस हुँदाहुँदै पनि मुख्यसचिव बन्न हुँदैन भनियो । सरकारको उक्त रवैयाप्रति असहमति जनाउँदै ती दुईले सचिवबाट राजिनामा दिए । पछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि पालोमा बसेका गृहसचिव चण्डी श्रेष्ठलाई लोप्पा खुवाएर धेरै जुनियर लोकमानसिंह कार्कीलाई मुख्यसचिव बनाइयो । तिनै लोकमान पछि अख्तियार प्रमुख भए । कार्कीभन्दा माथिका कुनै पनि वरिष्ठ सचिवले खनालले र रेग्मीले झैँ राजिनामा दिएर बाहिरिने आँट गरेनन् । प्रधानमन्त्री बाबुराम भट्टराईले पनि रोलक्रमको पालना गरेका थिएनन् । त्यतिबेला पहिलो नम्बरमा शंकर कोइराला लगायतका सचिवहरु अगाडि थिए । लीलामणिलाई टिपिएपछि माथिका ६ जनाले एकै चोटी राजीनामा दिएको इतिहास पनि छ,प्रशासनिक बृत्तमा । सुशीलले जयमुकुन्द खनाललाई पन्छाएर विश्वप्रकाश पण्डितलाई तान्न खोजेका थिए । रणनीतिअनुसार श्रीधर गौतमलाई नेपाल ट्रष्ट काण्डको बिल्ला भिराएर डामिएको थियो । खनाललाई एमालेतिर झुकाव राखेको आरोप लगाउँदै पण्डितलाई बनाउन खोज्दा वामदेव गौतमलगायतका मन्त्रीहरूबाट विरोध भयो । उता माधव घिमिरेलाई ल्याएर हिस्स पारियो । डा. सोमलाल सुवेदी जसरी मुख्यसचिव बने बहिर्गमन पनि त्यसैगरी भयो । लोकदर्शन रेग्मीलाई जसरी पनि मुख्यसचिव बनाउनुपर्ने दबाबमा सरकार परेपछि सुवेदीलाई राजिनामा दिन लगाएर मनिलास्थित एसियाली विकास बैंकको सहसचिव जाने पदमा पठाइयो । त्यसका लागि सुवेदीको राजिनामा लामो समयसम्म स्वीकृत गरिएन, जसका कारण बीचमा रहेका धनबहादुर तामाङ्ग पालो कुर्दाकुर्दै घर गए । सायद जनजाती नभएका भए उनी मुख्यसचिव हुन्थें । त्यसपछि चार महिनाका लागि राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनाएर रेग्मीको बाटो खुलेको हो ।

चाहे मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्दा होस शंकरदास बैरागीलाई नियुक्त गर्दा रोलक्रम मिचिएकै थियो । लोकदर्शन रेग्मीले पूरा कार्यकाल काम गरेका भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्येबाट एकले मुख्यसचिव बन्ने अवसर पाउँथे । यस अघि सोमलाल सुवेदीलाई उसैगरी छिर्के हानेर राजीनामा गर्न लगाइयो । बैकुण्ठ अर्याललाई मुद्धा लागेपछि मुख्य सचिव बनेर रेकर्ड राखेकी लीलादेवी गड्तौला हुन वा वर्तमान मुख्य सचिव एकनारायण अर्याल क्रमभन्दा क्रम भङ्गबाटै मुख्य सचिव बनेका हुन ।

यी सबै घटनाक्रमलाई हेर्दा ब्युरोक्रेसीमा आफू अनुकूल मुख्यसचिव बनाउने, एउटालाई राजिनामा दिन लगाएर अर्कोलाई नियुक्त गर्ने, राजदूतको ललिपप देखाएर मुख्यसचिव खुस्काउने काम हुँदै आएको छ । अहिलेसम्म बरिष्ठताको आधारमा कोही सचिव मुख्य सचिव बनेका छैनन् । एकनारायण र गोकर्णमणि दुवाडी एकै दिन अवकाशमा जाँदैछन् ।उनीहरु पछि बरिष्ठताको आधार सुमन अर्याल, रामप्रसाद घिमिरे, प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर, किरणराज शर्मा, हरि मैनाली, डिल्लीराम शर्मा, गोपाल सिग्देल, राजकुमार श्रेष्ठ, रबिलाल पन्थ,कृष्ण राउत, रामेश्वर दंगाल र मुकुन्द निरौला रहेका छन् । यीनै मध्येबाट एक जना मात्र मुख्य सचिव हुने हुन । बरिष्ठताका आधारमा अगाडि रहेका छन्,सुमन अर्याल तर सुमनलाई प्रहरीमा झैं निजामतीबाट टिप्ने सम्भवना अत्यत्न कम देख्छन्,प्रशासकहरु नै ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुर्गा प्रसाईंको माग : निजामती कर्मचारीको न्यूनतम तलब एक लाख हुनुपर्ने

अवकाशको पाँच महिना पछि सचिवलाई प्रदेश सभामा नियुक्ति

खरिदारदेखि सहसचिवसम्म जोडिएका भ्रष्टाचार र अकुत आर्जनका ७९४ फाइल तामेलीमा

लोकसेवाले खोल्यो शाखा अधिकृत तहको विज्ञापन

को होला अवको मुख्य सचिव : यस्तो छ बरीयता मिचेर नियुक्त भएकाहरुको नालीबेली

मधेस प्रदेशले पनि पायो Local Level PIS Portal को साँचो

जेन जी आन्दोलन, लोकतन्त्र र राष्ट्रिय सुरक्षा: भविष्य निर्माणका चुनौती र अवसर 

राजस्व चुहावट रोक्न आधा दर्जन निर्णय

बिशेष