कसैलाई मन नपर्दैमा ट्रेड युनियन खारेज हुँदैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ट्रेड युनियन खारेज गर्ने ध्वनि निकाल्दै गरेको भन्दै कडा आपत्ति जनाएका छन् । उनले कसैलाई मन नपर्दैमा ट्रेड युनियन खारेज गर्न खोज्नु लोकतान्त्रिक मूल्य र अन्तर्राष्ट्रिय श्रम अधिकारको अपमान हुने चेतावनी दिएका छन् ।

बिज्ञापन

 

बिज्ञापन

एमालेको “घर फर्क अभियान” कार्यक्रममा राष्ट्रिय सभागृहमा बोल्दै ओलीले ट्रेड युनियन संगठनहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अधिकार भएको उल्लेख गर्दै भने, “ट्रेड युनियन खारेज गर्छु भन्नेहरू नजन्मिँदै अन्तर्राष्ट्रिय मजदुर संगठन (आइएलओ) बनेको हो, त्यसैले कसैलाई मन नपर्दैमा ट्रेड युनियन मासिँदैन, मास्न पाइँदैन।”

 

बिज्ञापन

उनले शिक्षामन्त्री महावीर पुनको विश्वविद्यालय र विद्यालयमा दल निकट संगठनलाई मान्यता नदिने अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै भने, “अब अनेरास्ववियु निजी विद्यालयमा पनि पस्छ, क्याम्पसमा पनि पस्छ, विद्यालय तहबाट क्याम्पस पुग्ने विद्यार्थीहरूलाई बिगार्ने छुट कसैलाई छैन।”

 

ओलीले सरकार ट्रेड युनियन र संगठनहरूविरुद्ध बोलेर संस्थागत अधिकार खोस्ने मनसाय लिएको आरोप लगाउँदै थपे, “संस्था खाली गर्दिने, संगठन खाली गर्दिने भन्ने लहर चलाउन खोजिँदैछ। अहिले त देशमा पार्टी नै समाप्त पार्ने अभियानजस्तो चलाइएको छ, यस्तो हुँदैन।”

 

उनका अनुसार ट्रेड युनियन कुनै दलको मात्रै होइन, श्रमिक अधिकारको मूल स्वरूप हो, जसलाई मेटाउने कुरा सोच्नै नसकिने हो।

“ट्रेड युनियन खारेज गर्ने कुरा बोल्नेहरू लोकतन्त्रको आधार नै कमजोर पार्न खोजिरहेका छन्,” ओलीले भने, “हामी संयमित छौं, तर अधिकार खोस्ने प्रयास सह्य हुँदैन।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष