बालेनविरुद्ध साइबर व्युरोमा जाहेरी,राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा जाहेरी दिएको छ।

बिज्ञापन

साहले सामाजिक सञ्जालमार्फत् अश्लीलता फैलाएको भन्दै एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ उजुरी बोकेर नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगेको हो ।

बिज्ञापन

बालेनले गत शतिबार मध्यराती फेसबुकमा अश्लिल स्टाटस लेख्दै राजनीतिक दल र मित्रराष्ट्रहरूको नामै किटेर गालीगलौज गरेका थिए । केही मिनेटमै हटाइएको उक्त स्टाटसको स्क्रिनसर्ट अहिले पनि सामाजिक सञ्जालमा पाइन्छ ।

जाहेरीपत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरी सार्वजनिक शान्ति खलल गरेको, सामाजिक भाइचारा बिगारेको र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।

बिज्ञापन

मित्र राष्ट्रसँगको सम्बन्धमा आँच आउने गरी मध्यरातमा सामाजिक सञ्जालमा स्ट्याटस लेखिएको उनीहरुको आरोप छ। जाहेरीमा प्रचलित कानूअनुसार कडाभन्दा कडा कारबाही गर्न माग गर्दै तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न र राहदानी रोक्का गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्काे पूर्व महानिर्देशक कारागार चलान

दुई महिनापछि सचिव बैठक : ५५- ३० को प्रावधान र छड्के प्रवेशबारे छलफल

बालेनका सल्लाहकार सुवास र रास्वपा सांसद केपीको चियादानीले ७५ लाख कर छलेको भन्दै उजुरी

महानिर्देशक र निर्देशक थप चार दिन थुनामा

भिआइपी जोडिएको ई- पासपोर्ट अनियमितता : निगरानीमा परराष्ट्रका अधिकारीहरु

भेप तस्करी गुपचुप,बीवाईडीमा ‘क्लिन चिट’

अधिकृतसहित २ कर्मचारीविरुद्ध मुद्धा, १० जना रिहा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

बिशेष