सिंहदरबारमा क्याविनेट बैठक जारी,केही सचिवहरुको सरुवा हुन सक्ने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठक १ बजेदेखि सुरु भएको हो । बैठकमा चुनाव केन्द्रित छलफलका अलवा विभिन्न मन्त्रालय र निकायबाट आएका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने बताइएको छ । बैठकले केही सचिवहरूको सरुवा सम्बन्धी निर्णय समेत गर्न सक्ने बताइएको छ ।

बिज्ञापन

आजै ४ बजे प्रधानमन्त्री सुशीला कार्कीले जेन जीसहितको शीर्ष राजनीतिक दलका प्रतिनिधिसँग संयुक्त बैठक आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठक पछि दलका प्रतिनिधि र जेन–जी आन्दोलनका अगुवाहरूबीच चुनावकेन्द्रित छलफल गर्न प्रधानमन्त्रीले संयुक्त बैठक आह्वान गरेकी छिन् ।

बिज्ञापन

प्रधानमन्त्री कार्की सचिवालयका अनुसार आज हुन लागेको त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुँदैछन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । जहाँ राजनीतिक दलका दोश्रो तहका नेताहरु छलफलमा सहभागी हुनेछन् ।

सो छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल लगायत रहनेछन् भने राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा प्रकाशशरण महत, नेकपा एमालेका तर्फबाट कुनै पदाधिकारीका साथमा केन्द्रीय सदस्य महेश बर्तौला, माओवादीबाट वर्षमान पुन र माधव सापकोटाले छलफलमा सहभागी हुने छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

दोहोरो सहमति जुटाउँदा समेत स्थानीय तहका कर्मचारीले पाएनन सरुवा,पुगे अदालत

एमाले महाधिवेशन : ओली प्यानलै अगाडि

नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

बिशेष