सुशीलाका क्याविनेटमा तीन पूर्व कर्मचारी

प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्दैछिन् ।

बिज्ञापन

आज तीन जना नयाँ मन्त्रीहरुले आजै शपथ लिँदैछन् । शपथ लिनेमा डा सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी र बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्री बन्दै छन् । मन्त्री बन्ने सूचीमा खगेन्द्र सुनार स् सर्वोच्चमा अवहेलना र दुई जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र उनको विवादित पृष्टभूमि सार्वजनिक भएसँगै उनको नाम काटिने सम्भवना प्रवल रहेको जनाइएको छ ।

बिज्ञापन

यस अघि पनि यसैगरी स्वास्थ्य मन्त्री बन्ने चर्चा भएकी अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाममा टिपेक्स लाग्न पुगेको थियो । आज मन्त्री बन्न लागेकाहरुमध्ये स्वास्थ्य मन्त्री बन्न लागेकी डा शर्मा पूर्व कर्मचारी हुन ।

उसो त सुशीलाको क्याविनेटमा रहेकामध्ये अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका रामेश्वर खनाल पनि पूर्व सचिव हुन । यस्तै कुलमान घिसिङ पनि पूर्व कर्मचारी हुन । मन्त्रीका रुपमा सुधाको नाम सिफारिस भइसकेको छ । उनी मन्त्री नियुक्त भएमा सुशीलाको क्याविनेटमा तीन जना पूर्व कर्मचारी हुनेछन् ।

बिज्ञापन

सुधा ०३९ सालदेखि सरकारी सेवामा पाइला राखेकी हुन । स्वास्थ्य सचिवको रूपमा शर्माले करिब साढे तीन वर्ष काम गरेकी थिइन् । उनले २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सचिवको कार्यभार सम्हालेकी थिइन्।तत्कालीन मन्त्री राजेन्द्र महतोसँग विमति भएपछि उनले राजीनामा दिएकी थिइन् । उनले यस अघि नेपाल चिकित्सक संघको अध्यक्ष चलाएकी छिन्,सो संस्था काँग्रेस निकट मानिन्छ । योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्।

भारतको राजेन्द्र मेडिकल कलेज राँची झारखण्डबाट एमबीबीएस गरेकी शर्माले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट डीजीओ गरेकी छन् ।
यस्का अलवा उनले विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य क्षेत्रमा विभिन्न संघ संस्थामा काम गरेकी छिन् । उनले संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लूएचओमा सल्लाहकारका रूपमा काम गरेकी छन् भने युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको रूपमा काम गरेको अनुभव छ,उनीसँग ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष