प्रधानमन्त्रीले चुनावबारे आज सात दलहरूसँग छलफल गर्दै

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् ।

बिज्ञापन

आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभाको निर्वाचन तयारीका विषयमा उनले विभिन्न् राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् ।छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत सात वटा दलका नेतालाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि तय भएको छ ।

बिज्ञापन

प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट हुन लागेको यो औपचारिक छलफल हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले ७ वटा दलका नेताहरूसँग छलफल गर्नेछिन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गर्नेगरी म्यान्डेट पाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष