प्रधानमन्त्रीले चुनावबारे आज सात दलहरूसँग छलफल गर्दै

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् ।

बिज्ञापन

आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभाको निर्वाचन तयारीका विषयमा उनले विभिन्न् राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् ।छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत सात वटा दलका नेतालाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि तय भएको छ ।

बिज्ञापन

प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट हुन लागेको यो औपचारिक छलफल हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले ७ वटा दलका नेताहरूसँग छलफल गर्नेछिन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गर्नेगरी म्यान्डेट पाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वागत नेपाललाई पक्राउ गर्ने तयारी

प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो

प्रधानमन्त्रीले चुनावबारे आज सात दलहरूसँग छलफल गर्दै

महानिर्देशक अधिकारीमाथि हातपात

३१ भदौंमा नयाँ पासपोर्ट बनाएका थिए खड्काले

गृहको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा पराजुली

पूर्व मन्त्री जलेका घरमै सार्वजनिक भन्छन् ‘दिपक खड्कासँग दुई चार लाख पैसा नहुने पनि हुन्छ ?’

ठुलो परिमाणमा लागूऔषध, नगद र सुनसहित एक व्यक्ति पक्राउ

बिशेष