पूर्व मन्त्री जलेका घरमै सार्वजनिक भन्छन् ‘दिपक खड्कासँग दुई चार लाख पैसा नहुने पनि हुन्छ ?’

ऊर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।

बिज्ञापन

अमेरिका हुँदै सिंगापुरतिर पुगेको भन्दै केही सार्वजनिक सञ्चारमाध्यमदेखि गृहमन्त्री ओम प्रकाश अर्यालले समेत आरोप लगाइरहेका समयमा उनी बुढानीलकण्ठस्थित आफ्नो जलेको घरमा सार्वजनिक भएका हुन ।

बिज्ञापन

मन्त्री र सञ्चारमाध्यम लगाएका आरोपको खण्डन गर्दै पूर्व ऊर्जामन्त्री दीपक खड्काले आफू भागेको नभई परिवारको उपचारका लागि भारत गएको स्पष्ट पारेका छन्।

२४ गतेको घटना पछि खड्काले आफू, आफ्ना बच्चा र श्रीमतीसहित सपरिवारलाई डेँगु संक्रमण भएपछि पारिवारिक दबाबका कारण उपचारका लागि भारत गएको दाबी गएको र ११ दिन भारतको मेदान्त अस्पतालमा परिवारसहित उपचारमा बसेँर फर्किएको बताएका छन् ।

बिज्ञापन

खड्काले आफ्नो घरमा अर्बौं पैसा भेटिएको गलत प्रचार गरिएको दाबी गरेका छन् । आफूसँग दुई,चार लाख रुपैयाँ हुनु सामान्य भएको उनले बताए । गत २४ भदौंमा जेनजीको आन्दोलन र तोडफोडको क्रममा दीपक खड्काको घरबाट अर्बाै रूपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडिओ पनि सार्वजनिक भएको थियो। सो भिडिओबारे पत्रकारहरूले सोमबार खड्कालाई नै प्रश्न गरेका थिए।

खड्काले दसैंका लागि भनेर राखिएका २० र ५० रूपैयाँका नोटका बन्डलहरू लगेर प्रदर्शनकारीहरूले उडाएको दाबी गरे। उनले आफ्नो व्यवसायिक पृष्ठभूमिका आधारमा केही पैसा हुनु अस्वभाविक नहुने पनि बताए।

दीपक खड्कासँग दुई चार लाख पैसा नहुन सक्छ भनेर तपाईंहरू विश्वास गर्नुहुन्छ ? मेरो पृष्ठभूमी हेर्नुभा’छ ? संगत गर्नुभाछ ?

यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान शुरू गरेपछि खड्का भागेर विदेश पुगेको दाबी गरेका थिए । तर, उनले आफू उपचारका लागि भारत गएको दाबी गर्दै आफ्नो घरमा अर्बाै पैसा उडाइएको दावी झूठो भएको बताएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष