सुन तस्करीमा पूर्व सभामुख दोषी ठहर,लगियो जगन्नाथ देवल कारागार

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

बिज्ञापन

जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम बुधवार थुनछेक आदेशपछि महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

बिज्ञापन

अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको छ । दुवैबीचको मिलेमतोमा इ–सिगरेट (भेप) मार्फत सुनको तस्करी गरिएको आरोप लगाइएको छ ।

चिनिया तस्करले भेप (विद्युतीय चुरोट)मा ल्याएको ९ किलो बढी सुन भन्सारबाट छुटाउन महराले भनसुन गरेको आरोप छ। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार मुद्दा दर्ता भएको थियो। सोही आरोपमा २६ असोजमा उनी पक्राउ परेका थिए ।

बिज्ञापन

चिनियाँ सुन तस्कर दाओजिन वाङसँगको सम्पर्कको कारण महरा सुन तस्करीमा संलग्न रहेको देखिएको प्रहरीको दाबी छ ।

जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । अदालतले आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारामा लगिएको छ। महरालाई सुन्धाराको जगननाथ देवलमा राखिने छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष