जेनजीको आन्दोलनको बलमा सत्तामा पुगेका र ६ महिनाभित्र चुनाव गराउने म्याण्डेड पाएका अन्तरिम सरकारका मन्त्रीहरु लस्कर लागेर विदेश भ्रमणमा निस्कन लागेका छन् ।
हिजो बसेको क्याविनेट बैठकले दुई जना मन्त्रीहरुको भ्रमण स्वीकृत गरेको छ भने यस अघि नै अर्थमन्त्री र उर्जामन्त्रीको वैदेशिक भ्रमण स्वीकृत भइसकेको छ ।
बिज्ञापन
अर्थमन्त्री रामेश्वर खनाल अमेरिकामा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन भोलि त्यता प्रस्थान गर्दैछन् । उनको भ्रमण टोलीमा अर्थ सचिव घनश्याम उपाध्याय, नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलल सहभागी हुँदैछन् । यस्तै ऊर्जामन्त्री कुलमान घिसिङ कात्तिक १० गते भारत जाने गरी भ्रमण स्वीकृत भइसकेको छ । उनी नयाँ दिल्लीमा कात्तिक १० देखि १३ गतेसम्म अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ‘आईएसए’ को आठौँ बैठकमा सहभागी हुन त्यता जान लागेका हुन् ।
यस्तै,उद्योगमन्त्री सिन्हा स्विट्जरल्यान्डको जेनेभामा युनाइटेड नेसन्स कन्फ्रेन्स अन ट्रेड एन्ड डेभलपमेन्टको १६ औं सभामा भाग लिन जाँदै छन्। कात्तिक ३ देखि ५ गतेसम्म उक्त सभा हुनेछ। कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री सिन्हा भाइटीकाको दिन स्वदेश फर्किने भ्रमण तालिका छ ।
बिज्ञापन
कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार पेरुको लिमामा मंसिर १० र ११ गते हुने इन्टरनेसनल ट्रिटी अन प्लान्ट जेनेटिक रिसोर्स फर फुड एन्ड एग्रिकल्चरको गभर्निङ बडीको उच्चस्तरीय कार्यक्रममा सहभागी हुने गरी भ्रमण स्वीकृत भएको छ ।
यस्का अलवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा फ्रान्स भ्रमणमा जान तयारीमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको चीन भ्रमण पनि पक्का भएको छ।
बिज्ञापन
अन्तरिम सरकारले संकटका बेला अत्यावश्यकबाहेकका भ्रमण नगर्नेदेखि तालिम तथा गोष्ठीहरू सम्भव भएसम्म अनलाइन वा सरकारी हलमै गर्ने भनेको थियो।


























