बाढी पहिरोपीडितलाई अस्थायी आवास बनाउन तत्काल ५० हजार अनुदान

सरकारले बाढी पहिरो पीडितहरुलाई तत्कालै ५० हजार राहत उपलव्ध गराउने भएको छ ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बिज्ञापन

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बिहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकले बाढी-पहिरोबाट घरबास गुमाएकालाई अस्थायी आवास निर्माणका लागि अनुदान दिनेसहित ७ निर्णय गरेको हो।

गत १८ र १९ गते अविरल वर्षाका कारण आएको बाढीपहिरो प्रभावित घरपरिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले विपद् प्रभावितको राहत कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका तत्काल गरिने कार्यहरू तय गरेको छ। यस्तै घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि प्राधिकरणबाट तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

बिज्ञापन

सडक तथा अत्यावश्यक सेवा सुचारु गर्ने सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय निकायहरूले सडक, खानेपानी, विद्युत्, सञ्चार लगायतका सेवा सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले सहयोग गर्ने निर्णय समेत आजको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बर्दिया डिस्टिलरीको ४० करोड मुद्दा कता हरायो? विभाग मौन, अपराधी निर्भीक

सबै जग्गा धनीले नयाँ श्रेष्ता बनाउनुपर्ने,मालपोतले माग्यो यी १० प्रमाण

अनियमित भुक्तानीको दबाब नटेकेपछि लेखा अधिकृतमाथि कालोमोसो हमला

७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई रमाना दिन संघीय मामिला मन्त्रालयको निर्देशन

दक्षिण एशियामै नेपालको आर्थिक बृद्धिदर कमजोर,आगामी बर्ष २ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण

बाढी पहिरोपीडितलाई अस्थायी आवास बनाउन तत्काल ५० हजार अनुदान

सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा ठाकुर

मन्त्री नभएको मौका छोपेर सयौं कर्मचारीको गुपचुप सरुवा,अत्याचार भयो भन्दै प्रम कार्यालयमा पुग्यो उजुरी

बिशेष