विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

देशभर बाढी–पहिरोबाट उत्पन्न विनाशकारी अवस्थाको समीक्षा र तत्काल राहतका उपाय तय गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक प्रधानमन्त्री कार्यालयमा जारी छ।

बिज्ञापन

बैठकमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति, गृहमन्त्रालयका सचिवसहित विज्ञ सदस्यका रूपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर सहभागी छन्।

बिज्ञापन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टका अनुसार, बैठकमा असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण आएको बाढीपहिरोबाट उत्पन्न संकटका विषयमा केन्द्रित छलफल भइरहेको छ।

बैठकका लागि नौवटा एजेन्डा तय गरिएको छ, जसमा बाढीपहिरो पीडितलाई राहत वितरण, अवरुद्ध सडक सञ्चालन, मृतक र बेपत्ता परिवारलाई कानुन बमोजिम क्षतिपूर्ति, महामारीजन्य रोगको जोखिम व्यवस्थापन, अस्थायी आवास निर्माण र अत्यावश्यक सेवा पुनः सञ्चालन प्रमुख विषय हुन्।

बिज्ञापन

गत तीन दिनको वर्षाले देशभर ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। अहिलेसम्म ६० जनाको ज्यान गइसकेको र सबैभन्दा बढी क्षति इलाममा भएको प्राधिकरणले जनाएको छ। बाटाघाटा, पुलपुलिया, विद्युत् आयोजना र खानेपानी संरचनामा समेत करोडौंको क्षति पुगेको छ।

बैठकले तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणका कदमबारे निर्णय गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष