संसद भवन खरानी भएको नवौं दिनपछि अनुगमनमा निस्किए सभामुख

जेनजीको आन्दोलन र प्रदर्शनको क्रममा मुलुकको प्रमुख प्रशासकीय भवन क्षतिग्रस्त हुन पुग्यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्,गृह,शिक्षा र स्वास्थ्य मन्त्रालय खरानी बन्न पुगे । यो बीचका दिनपछिनवौं  बल्ल सभामुख देवराज घिमिरे अनुमगनमा निस्किएका छन् । गत २४ मा संघीय संसद भवन जलेको थियो । सो भवनका अलवा सिंहदरबार,अख्तियार,अदालतसहितका अधिकांश सरकारी संरचना खरानी हुँदा सभामुख कतै देखिएका थिएनन् । नवौं दिनपछि सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमन गरेका हुन । गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका सरकारी संस्था जलेका थिए ।

बिज्ञापन

सो घटनापछि घिमिरे सार्वजनिक भएका थिएनन् । नवौं दिनपछि संसद भवनमा पुगेका सभामुख घिमिरेले भने, ‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, यो ज्यादै दुखद् कुराहरू हो । यसबाट उठेर ठिक ढंगबाट अगाडि जानु सबैको दायित्व छ ।’यस्ता दुर्घटना निम्त्याउनुभन्दा अन्य माध्यमबाट पनि समस्या समाधान गर्न सकिने अवस्था रहेको घिमिरेको भनाइ छ । उनले भने, ‘यी सबै दुर्घटनाहरू नहुनुपर्ने थियो । समस्याहरूलाई यो भन्दा अलि राम्रोसँग पाटाहरू खोज्नुपर्ने थियो । यो दुःखद घटना हो ।’

बिज्ञापन

२७ घण्टे आन्दोलनले व्यवस्था नै परिवर्तन गर्यो । सरकार ढल्यो र प्रतिनिधि सभा बिघटन भयो । अन्तरिम सरकारका प्रमुखका रुपमा सुशीला कार्की नियुक्त हुँदाहोस वा  नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल सहभागी भए पनि सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको अनुपस्थिति थियो ।

प्रतिनिधिसभा विघटन भएपनि सभामुख र उपसभामुखको पद संवैधानिकरूपमै यथावत रहन्छ । संविधानले सभामुखलाई आगामी आमनिर्वाचनमा उम्मेदवारी दर्ता गर्ने दिन मात्र पद रिक्त भएको मान्ने व्यवस्था छ। संविधानबमोजिम उपसभामुखको हैसियत पनि सभामुखकै बराबर हुन्छ । तर प्रतिनिधिसभा विघटनपछि सभामुख र उपसभामुखको भूमिकालाई औपचारिक समारोह वा राजनीतिक प्रक्रियामा कसरी व्याख्या गर्ने भन्ने प्रश्न फेरि उठेको छ ।

बिज्ञापन

*शीर्षक सच्चाइएको 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष