मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने, गैरराजनीतिक व्यक्ति मात्र रहने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी मन्त्रिपरिषद् विस्तारमा नयाँ ढाँचा लागू गर्ने संकेत दिनुभएको छ । उहाँले मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने स्पष्ट पार्दै, कुनै पनि राजनीतिक दल वा तिनका कार्यकर्तालाई पद नदिने अडान लिनुभएको हो।

बिज्ञापन

बीबीसी नेपाली सेवासँग विशेष कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान तीन मन्त्रीपछि थपिने मन्त्रीहरूमा समावेशिता र क्षमता दुवैलाई प्राथमिकता दिइने बताउनुभयो। उहाँका अनुसार, चुनावी प्रक्रियामा सीधा संलग्न नभएका, तर विभिन्न क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका व्यक्तिहरूलाई खोजी भइरहेको छ।

बिज्ञापन

“मन्त्रिपरिषद् १० देखि ११ जनाभन्दा नबढाउने र जसको क्षमता के हो भन्ने आधारमा जिम्मेवारी दिने हो,” प्रधानमन्त्री कार्कीले बताउनुभयो।

उहाँले राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूलाई मन्त्री बनाए चुनावी काममा ध्यान विचलित हुने भन्दै चुनाव नलड्ने र व्यावसायिक पृष्ठभूमिका योग्य व्यक्तिलाई अघि सार्ने तयारी भइरहेको स्पष्ट पार्नुभयो।

बिज्ञापन

यसरी, प्रधानमन्त्री कार्कीले परम्परागत राजनीतिक कोटाबाट अलग रहेर व्यावसायिक र विविध पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाउने रणनीति अघि सारेकी छन्, जसले आगामी निर्वाचन र प्रशासनिक व्यवस्थापनमा नयाँ प्रयोगको संकेत दिएको देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

कर्मचारीहरु दलालको प्रभावमा परेर काम गर्ने गरेको मन्त्रीको आरोप

काठमाडौँका सडकमा ‘नो कम्प्रोमाइज’ नीति लागू

मालपोत चाबहिलमा घुसको संगठित खेल : कर्मचारीबाटै मासिक २४ लाख असुली

सुशीलाको क्याविनेटमा चन्द्र ढकालको ‘इन्ट्री’

शाखा अधिकृत,लेखापाल,सब इञ्जिनियरसहित ६ विरुद्ध १४ करोडको भ्रष्टाचार मुद्धा

२ उपसचिव,४१ शाखा अधिकृत,१६ नासुसहितका ७२ कर्मचारी कारवाहीमा

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

बिशेष