‘आई क्विट’ भन्दै सुमना श्रेष्ठले त्यागिन रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृ सुमना श्रेष्ठले सो पार्टी परित्याग गरेकी छिन् । पार्टी परित्याग गरेसँगै सुमनाले कांग्रेस, एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेतालाई नेतृत्वको पूजा नगर्न आग्रह गरेकी छिन् । श्रेष्ठले अहिलेको परिस्थिति ल्याउने नेताहरूलाई हटाउन पनि अपिल गरेकी छन् । कि हट्नुहोस वा हटाउनुहोस उनले आग्रह गरेकी छिन् ।

बिज्ञापन

सुमनाले पार्टी नेतृत्वप्रति  तीव्र आक्रोश व्यक्त गर्दै उनले पार्टी परित्याग गरेकी हुन । पूर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले आफूले पार्टीलाई गल्ती सुधार गर्न पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग गर्न बाध्य भएको बताएकी छिन् ।

बिज्ञापन

कहिलै गल्ति नस्विकार्ने,गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने,पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने,जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो,त्यतिबेला देखि नै आलोचना गर्दै आएको हुँ,तर त्यसले कत्ति पनि फरक पारेन, अझ उल्टै मिडिया ट्रायल पो हुन थाल्यो,यो स्विकार्य छैन ।’

‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्विट । मैले पार्टी छोडेँ’। उनले अगाडि भनेकी छिन मैले पार्टी छाडेँ। कांग्रेस–एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष