प्रधानमन्त्री कार्कीले भोलिमात्र पदभार ग्रहण गर्ने

नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले भोलि मात्रै पदभार ग्रहण गर्ने भएकी छन्। हिजो राती प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी थिइन ।

बिज्ञापन

सो शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए ।

बिज्ञापन

हिजो शपथ पछि पदभार ग्रहणका लागि उनी सिंहदरबार पुगिनन् । उनको पदभार ग्रहणका लागि शुक्रबार राति सञ्चारकर्मी र सुरक्षाकर्मीहरू सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगे पनि कार्की आफैँ भने पुगिनन्। हिजो राति शपथ पछि केही शुभचिन्तकहरुबाट बधाइ साटेर उनी आफ्नै निजी निवासमा गएकी छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शुक्रबार चाँडै सपथग्रहणको कार्यक्रम सकाएर गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भए पनि ढिलो गरेर मात्रै सपथग्रहण कार्यक्रम भएपछि हिजो पदभारग्रहण हुन नसकेको बताइएको छ ।

वकालत पेसाबाट पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान रचेकी सुशीला कार्की अन्तरिम नागरिक सरकारको प्रधानमन्त्री बनेर अर्को इतिहास बनाएकी छन्। ३१ वर्ष वकालतमा बिताएकी उनले ९ वर्ष सर्वोच्च अदालतको इजलासमा बिताएकी कार्की जेनजी विद्रोहबाट जननिर्वाचित सरकार विस्थापित भएपछि स्वतन्त्र र प्रतिष्ठित नागरिकका रूपमा जेनजीहरूबाटै अघि सारिएकी उनले अब चुनाव गराएर निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्ने मुख्य कार्यभार पाएकी छन्।

बिज्ञापन

नयाँ प्रधानमन्त्री कार्यालय नवनिर्मित गृह मन्त्रालयको भवनमा राख्ने तयारी भएको छ । प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ।

प्रधानमन्त्री सुशीला निकट सूत्रका अनुसार,सरकारी निवासको व्यवस्थापन नहुदाँसम्म उनी आफ्नै निजी निवासमा बस्ने छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो

भ्रष्टाचारको खेल! १ करोड ३७ लाखको आयोजना, पानी अझै सपना

संघीय निजामतीसहितका ३० विद्येयक निस्क्रिय

भोलि मन्त्रिपरिषद्‌ विस्तार,भोटिङ प्रक्रियाबाटै छनोट गरिँदै मन्त्रीहरु

प्रधानमन्त्री कार्कीले भोलिमात्र पदभार ग्रहण गर्ने

सडकबाट हट्यो सेना,निषेधाज्ञाबारे छलफलमा जुटे सिडियो

शिक्षा मन्त्रालयलाई केशरमहल सार्ने तयारी,गृह सर्ने भयो पूरानो सामान्य प्रशासनको भवनमा

संसद विघटन असंवैधानिक छ स् नेपाल बार  

बिशेष