‘संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ’

राष्ट्रपति रामचन्द्र पौडेलले देशमा लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विमर्श गरिरहेको बताएका छन् ।

बिज्ञापन

उनले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन आफू हर प्रयास गरिरहेको बताएका हुन ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार, विमर्श र हरप्रयास गरिरहेको उल्लेख गरेका हुन्।

बिज्ञापन

राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न पनि अपिल गरेका छन् । उनले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल समेत गरेका छन् ।
गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा परेर प्रदर्शनकारी र प्रहरीसहित गरी अहिलेसम्म ३० जनाको मृत्यु भएको छ।

जेनजीको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। उन्ी अहिले नेपाली सेनाको सुरक्षा घेरामा छन्।

बिज्ञापन

अन्तरिम सरकार गठनको विषयमा छलफल जारी रहँदा पौडेलको अपिल पत्र आएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

पौने चार करोड बैंक जमानत लिएर रवि लामिछानेलाई छाड्न आदेश

कारागार प्रमुख,इञ्जिनियर,नासु र सहलेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

बिशेष