तराईमा तस्करको सञ्जाल छैन:- आइजीपी अर्याल

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललेले तराईमा तस्करको सञ्जाल नभएको बताएका छन्।

बिज्ञापन

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका हुन्। उनले कोही व्यक्ति विशेषले गरेको भएपनि सञ्जालकै रुपमा भने तस्करी नभएको उल्लेख गरे ।

बिज्ञापन

‘अहिले तराईमा तस्करको सञ्जाल छैन। व्यक्ति विशेषले हाम्रो समाज, राजनीतिक कार्यकर्ता, स्थानीय निकायमा व्यक्ति विशेषले भ्रष्टाचार गर्ला। तस्करी गर्ला। सञ्जालको रुपमा तस्करी नभएको कुरा जिम्मा लिएरै अवगत गराउन चाहेँ। फेला परे सञ्जाललाई हामी तुरुन्तै काट्छौँ। त्यसका लागि समाज र त्यो ठाउँको राजनीतिक नेतृत्वले पनि सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु।’ उनले भने।

सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रुपमा लिएर सीमानामा सशस्त्र प्रहरी बलको पोष्ट राख्नुपर्ने बताए। उनले भने– ‘बोर्डर आउटपोष्ट स्टार्टटेजिक पोइन्टमा हुनुपर्छ। त्यसको लागि जग्गा प्राप्ति गर्नलाई र भवन बनाउनलाई नेपाल सरकारले एउटा नीति बनाएर, एउटा राष्ट्रिय गौरवको योजना नै बनाएर जान सकियो भने सजिलो हुन्छ। बोर्डरमा सशस्त्र प्रहरीलाई जग्गा दिने प्रवृत्ति अलि कम भएको छ। टाइट भएको छ अहिले त्यसैले नभएको जाति भन्ने परेको छ। त्यसको लागि हामीले जनताको मन पनि जित्नुपर्नेछ। सुरक्षा पनि दिनुपर्नेछ। अहिले तराईमा तस्करको सञ्जाल छैन। व्यक्ति विशेषले हाम्रो समाज, राजनीतिक कार्यकर्ता, स्थानीय निकायमा व्यक्ति विशेषले भ्रष्टाचार गर्ला। तस्करी गर्ला। सञ्जालको रुपमा तस्करी नभएको कुरा जिम्मा लिएरै अवगत गराउन चाहेँ।’

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारले एकै पटक चलायो ४३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा

पोखरा विमानस्थल भ्रष्टाचारमा १० पूर्वसचिव आरोपित

पोखरा विमानस्थल ८ अर्ब घोटला : यी हुन अख्तियारले प्रतिवादी बनाएका मन्त्री,सचिव,सहसचिवसहितका ५५ प्रतिवादी

पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा

खरिदार- उपसचिव तहका ४७२ को बेमौसमी खटन पटन, सरुवा माग्दै ७७ को निवेदन

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

बिशेष