कासमू भर्नेदेखि मूंल्याकनसमेत विद्युतीय प्रणालीबाटै,विद्युत प्राधिकरणले बनायो रेकर्ड

निजामती सेवा तथा सार्वजनिक संस्थानमा प्राधिकरणले पहिलो पटक विद्युतीय माध्यमबाट कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने प्रक्रिया लागू गरेको छ । प्राधिकरणले एक साता दिनको समय दिएर विद्युतीय प्रणालीमार्फत कर्मचारीले फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने व्यवस्था गरेको हो ।

बिज्ञापन

नेपाल विद्युत प्राधिकरणका निर्देशक शिव कुमार अधिकारीद्धारा जारी सूचनामा स्थायी कर्मचारीहरुले आर्थिक बर्ष २०८१।८२ मा गरेका कार्यहरुको विवरण सहितको कार्यसम्पादन मूल्याइन फाराम विद्युतीय माध्यम अनलाइनबाट भर्ने,मूल्याङ्कन गर्ने तथा अभिलेख गर्ने व्यवस्था लागु हुन गइरहेको हुँदा साउन १ गते बिहान देखि मिति सात गते रातको मध्यान्ह १२ बजेसम्म सम्बन्धित कर्मचारीहरुले कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न सकिने गरी उपलब्ध हुने जनाइएको छ ।

बिज्ञापन

सोी कारण प्राधिकरणमातहतका कार्यालय, आयोजना, सहायक कम्पनी तथा अन्य निकायमा कार्यरत प्राधिकरणका सम्पूर्ण कर्मचारीहरुले मानव संशाधन सूचना प्रणाली एचआआरआइएस मा गइ आ आफ्नो विवरण अद्याबधिक गरी आ आफ्नो कार्यसम्पादन मूल्याङ्कन भर्न सूचनामा भनिएको छ । कर्मचारीले भरेका कार्यसम्पादन मूल्याङ्कन फारामहरु सम्बन्धित सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले विद्युतीय माध्यमबाट मूल्याङ्कन गर्न सकिनेछ।

बिज्ञापन

साथै, अभिलेख सुरक्षित तथा गोप्य रहने गरी डिजिटल प्रणालीमार्फत राखिने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विद्युत् प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली, २०७५ को विनियम ५९ को उपविनियम २९ अनुसार यस्तो व्यवस्था गरिएको जनाइएको छ।

नेपालको निजामती सेवा तथा सार्वजनिक संस्थानमा प्राधिकरणले पहिलो पटक विद्युतीय माध्यमबाट कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने प्रक्रिया लागू गरेको जनाइएको छ । लोकसेवा आयोगले समेत विद्युत प्राधिकरणबाट यो अभ्यासको शुरुवात गर्न खोजेको रुपमा कर्मचारीहरुले अर्थाएका छन् ।

कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने तथा तोकिएको मूल्याङ्कनकर्ताले मूल्याङ्कन गर्ने काममा केही द्विविधा भएमा वा समस्या भएमा मोबाइल ९८५११५२३५४ वा ९८४९४४३८५४१ मा फोन सम्पर्क गर्न पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष