पुर्नगठित मन्त्रिपरिषद्को बैठकले दोश्रो पटक थप दुई सचिवहरुको सरुवा गरेको छ । पुर्नगठनपछि चौथो पटक बसेको क्याविनेट बैठकले थप दुई सचिवहरु यता उता गरेको छ । सरुवा हुनेमा कानुनतिरका सचिवहरु छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत सचिव उदय सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा गरेको छ ।
बिज्ञापन
कानून मन्त्रालयमा सचिव फणीन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ । गौतम यसअघि मेलमिलाप आयोगमा कार्यरत थिए ।
बिज्ञापन
यस अघि पुर्नगठनलगतै दोश्रो पटक बसेको क्याविनेट बैठकले गृहमा एकनारायण अर्याललाई लगेर त्यहाँका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । अबको लटमा अर्थ,खानेपानी,नेपाल ट्रष्ट,भुमिसुधार,उद्योग,वाणिज्य लगायतका सचिवहरुको सरुवा पर्नसक्ने बताइएको छ ।