अध्यक्षको प्रतिष्प्रर्धाबाट परितोष र हरिकुमार आउट

सहकारी वोर्डको अध्यक्षमा प्रवल दावेदार मानिएका परितोष पौडेल प्रतिष्प्रर्धाबाट आउट भएका छन् । उनी मैदानबाट बाहिरिएसँगै वोर्डको अध्यक्ष बन्ने प्रतिष्प्रर्धामा देखिएका छन्,पूर्व सचिवदेखि पूर्व निर्देशकसम्म । सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्ने उद्देश्यले नवगठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका पूर्व सचिवदेखि वोर्डका तत्कालीन निर्देशकसम्म प्रतिष्प्रर्धामा देखिएका हुन ।

बिज्ञापन

प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य नियुक्तिका लागि सिफारिस गर्न लोकसेवा आयोगका पूर्वअध्यक्ष माधव रेग्मीको संयोजकत्वमा सिफारिस समिति बनेको छ । उक्त समितिले गत जेठ ११ मा दरखास्त आह्वान गरेको थियो । समयसीमाभित्र ६ जनाले रुची देखाएका थिए । यसरी वोर्ड अध्यक्षका लागि दरखास्त हाल्नेहरुमा पूर्वसचिव अर्जुन पोखरेल, विघटित सहकारी विकास बोर्डका निर्देशक अनिल पौडेल, सोही बोर्डका सदस्य सचिव खगेन्द्र शर्मा, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल, राष्ट्र बैंककै पूर्वनिर्देशक हरिकुमार नेपाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफुस्कुन)का पूर्वअध्यक्ष परितोष पौड्याल छन् । जसमध्ये प्रवल दावेदार मानिएका परितोष पौडेल सर्ट लिष्टमा परेनन् ।

बिज्ञापन

गत माघमा गठन भएको सो प्राधिकरणको अध्यक्ष बन्न पाँच जनाले रुची देखाएकामा दुई जना फालेर तीन जनाको नाम सर्ट लिष्टमा परेको  डा खगराज शर्मा, अर्जुन पोखरेल र नारायण पौडेल रहेका छन् । प्राधिकरणको अध्यक्षका लागि ६ जनाले आवेदन दिएका थिए ।त्यसमध्ये सिफारिस भएका बाहेक अनिल पौडेल, डा हरि कुमार नेपाल र परितोष पौडेल समेत थिए । तीमध्ये अनिल पौडेल अन्तर्वार्ता प्रक्रियामै सहभागी भएनन् । उनी राष्ट्रपति रामचन्द्र पौडेलका नातेदार हुन । यस्तै हरिकुमार नेपाल र परितोष पौडेल भने सिफारिसमा पर्न सकेनन् । प्राधिकरणको अध्यक्षका लागि परितोष पौड्यालको नाम सर्वाधिक चर्चामा थियो । नेफ्स्कुनका अध्यक्ष तथा एमाले सहकारी विभागका नेता समेत थिए । तर उनी अन्तिम तीनको सूचीमा नै पर्न सकेनन् ।

सिफारिस भएकामध्ये डा शर्मा तत्कालीन सहकारी बोर्डका सदस्य सचिव हुन् । उनी एमालेका सहकारी विभागका सदस्य समेत रहेका थिए । अर्जुन पोखरेल भने नेपाल सरकारका पूर्व सचिव हुन् । सचिवकै हैसियतमा उनी प्राधिकरणको अध्यक्ष समेत भएका थिए । नारायण पौडेल भने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । कार्यकारी निर्देशकको अवकाशपछि उनी बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए । पौडेल भने काँग्रेसनिकट मानिन्छन् ।

बिज्ञापन

प्राधिकरणको सदस्यहरूमा मन्त्रालयको प्रतिनिधिको रूपमा सहसचिव मदन कोइराला र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल रहेका छन् भने तत्कालका लागि अध्यक्षको रूपमा सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्माले जिम्मेवारी सम्हालिरहेका छन् । एक जना सदस्यको नियुक्ति भने चार्टर्ड एकाउन्टेन्टमध्येबाट सरकारले गर्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय,इञ्जिनियर,लेखापालसहित ९ विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

अध्यक्षको प्रतिष्प्रर्धाबाट परितोष र हरिकुमार आउट

सभापति खतिवडा महिना दिनसम्म समिति बैठकमा नजाने, सरकारी गाडी पनि नचढ्ने

निजामती विधेयकमा भएको जालसाजी छानबिन गर्न सात सदस्यीय समिति, नेतृत्व काँग्रेसलाई

प्रतिनिधिसभा बैठक बस्दैँ, खतिवडामाथी छानबिन गर्न समिति बन्न सक्ने

जलवायु वित्त र दिगो विकास

कर्मचारी नियुक्तिदेखि सरुवामा मोलमोलाइ : विवादै विवादमा मन्त्री गुप्ताको बर्ष दिन

‘कुलिङ पिरियड’मा छलछाम : आज घोषणा हुँदैछ विशेष छानविन समिति

बिशेष