विमानस्थल निर्माणमा घोटाला:- अधिकारीसँग २० घण्टाभन्दा बढी बयान

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग २० घण्टाभन्दा वढी समय वयान लिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६० औ प्रतिवेदनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा घोटाला भएको उल्लेख गरेपछि अख्तियारले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको उजुरी माथि छानविन सुरु गरेको थियो ।

बिज्ञापन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमिता भएको उजुरी छानविनका क्रममा अख्तियारले अधिकारीसँग बयान लिएको हो । पछिल्लो १० बर्षमै सबैभन्दा ठूलो भ्रष्टाचार प्राधिकरण अन्तर्गतका पोखरा, गौतमबुद्ध भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको छ । आयोगले २० हजार, ५० हजार, लाख भ्रष्टाचारमा मुद्दा दायर गरेको छ । तर प्राधिकरण अन्तर्गतका तीनवटै विमानस्थलको ठेक्कामा चिनियाँ ठेकेदारसँग मिलेर प्रदीप अधिकारीले गरेको दसौं अरब भ्रष्टाचारमा आयोगले छानबिन नगरेकोमा चौतर्फी प्रश्न उठिरहेको छ । तीनवटै आयोजनाको प्रमुख अधिकारी नै रहेको र उनले गरेका भ्रष्टाचारका एक एक तथ्यसहितका उजुरीमा अख्तियारले गहन छानबिन गर्न नसकेको गुनासो आएपछि आयोगले छानबिन थालेको छ ।

बिज्ञापन

निर्मित विमानस्थलमा प्राधिकरणका विज्ञसहितको भ्रमणबाट सेवा सञ्चालनमा समस्या रहेको प्रतिवेदन पेश भएको छ । विमानस्थलको पश्चिमतर्फ प्यारलल र अन्य दुईवटा लिंक टेक्सी वेको व्यवस्था गरेकाले रन वे ३० मा पुग्न रन-वेबाट नै जानुपर्ने हुँदा रन-वे अकुपेन्सी टाइम बढी हुने र उडान सञ्चालनमा सहजता नआउने महालेखाको प्रतिवेदनमा औंल्याइएको छ ।

हेलिकप्टर पार्किङस्थलका लागि कुनै ठाउँको व्यवस्था नभएको, कार्गो बूकिङ र टिकट काट्ने कोठाको व्यवस्था नभएको, रन वे र आन्तरिक उडानका लागि छुट्याइएका र्‍याम्प एरियामा जम्मा ३ देखि ४ बटा बस मात्र अट्नसक्ने हुँदा प्रत्येक वायुसेना कम्पनीले छुट्टाछुट्टै बस राखी र्‍याम्प सेवा सञ्चालन गर्न सम्भव नहुने उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिव काफ्ले–सहसचिव भण्डारीको ‘सेटिङ’:- श्रम मन्त्रालयमा ५ महिनादेखि ८ कर्मचारी जिम्मेवारीविहीन

उत्कृष्ट राष्ट्रसेवकको तक्मा थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

विश्वब्यापी इन्धन संकट र नेपालको सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता

जनकपुरका माफियाको पहुँच मन्त्रालयसम्म

कर्मचारी प्रेसको समाचारपछि सिन्धुपाल्चोक प्रशासन ‘एक्सन’मा, नासु बढुवाको सूचना प्रकाशन

सिडिओहरू थर्कमान

६ जना शाखा अधिकृतको सरुवा,४ जना गाउँपालिका पुग्दा २ लाई मन्त्रालयमा

भ्रष्टाचारमा मुछिए भाइकाजी

बिशेष