विमानस्थल निर्माणमा घोटाला:- अधिकारीसँग २० घण्टाभन्दा बढी बयान

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग २० घण्टाभन्दा वढी समय वयान लिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६० औ प्रतिवेदनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा घोटाला भएको उल्लेख गरेपछि अख्तियारले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको उजुरी माथि छानविन सुरु गरेको थियो ।

बिज्ञापन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमिता भएको उजुरी छानविनका क्रममा अख्तियारले अधिकारीसँग बयान लिएको हो । पछिल्लो १० बर्षमै सबैभन्दा ठूलो भ्रष्टाचार प्राधिकरण अन्तर्गतका पोखरा, गौतमबुद्ध भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको छ । आयोगले २० हजार, ५० हजार, लाख भ्रष्टाचारमा मुद्दा दायर गरेको छ । तर प्राधिकरण अन्तर्गतका तीनवटै विमानस्थलको ठेक्कामा चिनियाँ ठेकेदारसँग मिलेर प्रदीप अधिकारीले गरेको दसौं अरब भ्रष्टाचारमा आयोगले छानबिन नगरेकोमा चौतर्फी प्रश्न उठिरहेको छ । तीनवटै आयोजनाको प्रमुख अधिकारी नै रहेको र उनले गरेका भ्रष्टाचारका एक एक तथ्यसहितका उजुरीमा अख्तियारले गहन छानबिन गर्न नसकेको गुनासो आएपछि आयोगले छानबिन थालेको छ ।

बिज्ञापन

निर्मित विमानस्थलमा प्राधिकरणका विज्ञसहितको भ्रमणबाट सेवा सञ्चालनमा समस्या रहेको प्रतिवेदन पेश भएको छ । विमानस्थलको पश्चिमतर्फ प्यारलल र अन्य दुईवटा लिंक टेक्सी वेको व्यवस्था गरेकाले रन वे ३० मा पुग्न रन-वेबाट नै जानुपर्ने हुँदा रन-वे अकुपेन्सी टाइम बढी हुने र उडान सञ्चालनमा सहजता नआउने महालेखाको प्रतिवेदनमा औंल्याइएको छ ।

हेलिकप्टर पार्किङस्थलका लागि कुनै ठाउँको व्यवस्था नभएको, कार्गो बूकिङ र टिकट काट्ने कोठाको व्यवस्था नभएको, रन वे र आन्तरिक उडानका लागि छुट्याइएका र्‍याम्प एरियामा जम्मा ३ देखि ४ बटा बस मात्र अट्नसक्ने हुँदा प्रत्येक वायुसेना कम्पनीले छुट्टाछुट्टै बस राखी र्‍याम्प सेवा सञ्चालन गर्न सम्भव नहुने उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्घाखाँचीका ट्रेड युनियनकर्मीद्धारा प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई १२ बुँदे ज्ञापन पत्र

बैंकका अध्यक्षलाई अख्तियारको सात दिने पूर्जी

राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका बारेमा छलफल हुदैँ

कस्तो हुनुपर्छ संघीय  निजामती सेवा ऐन  ?

सुनुवाई भएन राजपत्र अनंकित कर्मचारीका माग,सशक्त आन्दोलनको तयारीमा

प्रहरीकै परीक्षामा ‘खेताला’ उमेद्धारको विगविगी : एकै पटक सात पक्राउ

७ प्रतिशतले घट्यो शेयर कारोवार

९ बाणिज्य बैंकको नाफा घट्यो

बिशेष