इरान र इजरायलबिच पूर्ण युद्ध विराममा सहमति भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको सहमति भएको दाबी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा दुई देशबीच युद्धविराम सहमति भएको उल्लेख गरेका छन् ।

बिज्ञापन

ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग १२ घण्टापछि सुरु हुने उल्लेख गरेका छन् । उनले दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र “२४ घण्टामा” औपचारिक रूपमा युद्ध समाप्त हुने दाबी गरेका छन् ।

बिज्ञापन

म यो घोषणा गर्न पाउँदा खुसी छु कि इजरायल र इरानबीच पूर्ण युद्धविराम लागू हुनेछ। इरानले पहिलो १२ घण्टाको लागि आफ्नो हतियार राख्नेछ र इजरायलले अर्को १२ घण्टाको लागि आफ्नो हतियार राख्नेछ ।

राष्ट्रपति ट्रम्पले १२ दिनको युद्ध अन्त्य गर्न मद्दत गर्ने दुवै देशका नेताहरूलाई उनले धन्यवाद दिएका छन् । यो धेरै वर्षसम्म चल्न सक्थ्यो र पहिले कहिल्यै नदेखिएको मृत्यु र विनाश ल्याउन सक्थ्यो उनले लेखेका छन,मध्य पूर्वमा शान्ति चाहने प्रधानमन्त्री नेतान्याहू, इजरायल र इरानका जनतालाई बधाई छ। यो संसारको लागि एक महान दिन हो ।

बिज्ञापन

युद्ध विरामको घोषणा भए पनि हालसम्म इजरायल र इरान दुवैले यसको आधिकारिक पुष्टि गरेका छैनन्।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सेवा अन्तर आवद्वता विस्तार: अब तालिम विवरण सिधै PIS मा अपडेट हुने

क्याविनेटका नौं निर्णय : बढुवा,नियुक्ति,अध्यादेश संशोधनदेखि अधिकृतस्तरका दरबन्दी स्वीकृतसम्म

निर्देशक,लेखा अधिकृत,इञ्जिनियरसहित सात विरुद्ध भ्रष्टाचार मुद्धा

तथ्यांक अधिकृतदेखि निजामतीको सर्वोच्च कमान्डरसम्म

अबको मुख्य सचिव बारुदमाथि: निर्वाचनदेखि अख्तियारको जोखिमसम्म पाँच मोर्चामा घेरिने

निर्वाचनदेखि हतियार खरिदसम्म: मुख्य सचिवको पहिलो दिनमै ‘हाई–रिस्क’ चुनौतीको भीड

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै, मुख्यसचिव टुंग्याउने एजेन्डा प्रमुख

मुख्यसचिव नियुक्ति नजिकिँदै गर्दा सचिव डा. कृष्णहरि पुष्करविरुद्ध संगठित दुष्प्रचार तीव्र

बिशेष