यौन दुर्व्यवहारको आरोपमा काठमाडौं तानिए रसुवाका न्यायधीश र न्यायधिवक्ता

रसुवा जिल्ला अदालतका न्यायधीश र जिल्ला न्यायधिवक्ता काठमाडौं तानिएका छन् ।

बिज्ञापन

मुद्दा खेपिरहेकी एक महिलासँग अनैतिक प्रस्ताव राखेपछि रसुवाका न्यायाधीश भुवनसिंह थापा न्याय परिषद्मा तानिएका हुन् । यस्तै, यही प्रकरणमा जोडिएका जिल्ला न्यायधीवक्ता विमल थापा महान्यायधिवक्ताको कार्यालयमा तानिएका हुन ।

बिज्ञापन

हाल काठमाडौंमा बस्दै आएकी एक महिला,जो  बहुविवाहको मुद्दा खेपिरहेकी छिन् । ती महिलालाई सहवासको प्रस्ताव राखेको उजुरीपछि रसुवाका न्यायधीश र न्यायधिवक्तालाई काठमाडौं झिकाएर अनुसन्धान अगाडि बढाएको हो।

ती महिलाको पति  अहिले पनि रसुवा कारागारमा छन । सोही प्रकरणदेखि उनी सरकारी वकिलसँग चिनजानमा थिइन ।

बिज्ञापन

तर सरकारी वकिलले अनैतिक प्रस्ताव राखेको र उस्तै म्यासेज तथा कुराकानी न्यायधीशले समेत गरेको उजुरी बोकेर उनी रसुवा जिल्ला प्रहरी कार्यालयमा पुगेकी थिइन । जिल्ला प्रहरी कार्यालय रसुवामा कुनै उजुरी दर्ता नभएपछि उनी उजुरी बोकेर न्यायपरिषद् र महान्यायधिवक्तको कार्यालयमा पुगेसँगै केही दिन अगाडि नै रसुवा जिल्ला अदालतका न्यायधीश भुवनसिंह थापा र सरकारी वकिल विमल थापा महान्यायधिवक्तको कार्यालयमा तानिएका हुन ।

उजुरीमाथि प्रारम्भिक छानबिन हुँदा सम्पर्क गरेको पाइएपछि थापाद्धयलाई काठमाडौंमा तानेर अनुसन्धान सुरु गरिएको न्यायपरिषद् र महान्यायधिवक्ताको कार्यालयले पृष्टि गरेको छ ।
यद्यपि विहिबार  छलफलका लागि  महान्यायधिवक्ताको कार्यालयमा पुगेकी पीडित भनिएकी महिलाले बयान फेरेपछि सरकारी वकिलहरुले चकित भएका छन् ।

थापा तानिएपछि रसुवामा न्यायाधीश ध्रुव उप्रेतीलाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्री भेटेर निस्कँदै गर्दा किस्पाङ अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

बाढी गएको १९ दिनपछि प्रधानमन्त्रीले भेटे जनप्रतिनिधिलाई

अख्तियार छिर्‍यो नागार्जुन नगरपालिकामा : करोडौँ तलब–भत्ता बुझ्ने आलेप अधिकृत गिरीमाथि छानबिन

यी हुन् श्रम मन्त्रालयका रैथाने कर्मचारीहरू

बिशेष