कुन मन्त्रालयलाई कति बजेट ?

सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

बिज्ञापन

यो वर्ष सबैभन्दा धेरै बजेट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २ खर्ब ११ अर्ब १६ करोड छुट्याइएको छ । त्यस्तै, गृह मन्त्रालयलाई २ खर्ब ८ अर्ब ६२ करोड, भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५१ अर्ब ९९ करोड विनियोजन गरिएको छ ।

बिज्ञापन

सहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै स्वास्थ्यलाई ९५ अर्ब ८१ करोड रकम छुट्टाइएको छ । रक्षा मन्त्रालयका लागि ६२ अर्ब १ करोड छुट्टाइदा कृषि मन्त्रालयले ५७ अर्ब ४८ करोड बजेट पाएको छ । अर्थ मन्त्रालयलाई ४९ अर्ब ९० करोड रकम छुट्टाइएको छ ।

उर्जा जलश्रोत मन्त्रालयलाई ८६ अर्ब १ करोड रकम विनियोजन गरिँदा खानेपानीलाई ३३ अर्ब ८९ करोड,वन मन्त्रालयलाई १८ अर्ब ६१ करोड छुट्टाइएको छ ।

बिज्ञापन

संष्कृति मन्त्रालयलाई १३ अर्ब २८ करोड,उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड,श्रम मन्त्रालयकाका लागि ४ अर्ब २८ करोड विनियोजन गरिएको छ । सञ्चार मन्त्रालयका लागि ७ अर्ब ७२ करोड,भूमि मन्त्रालयलाई ७ अर्ब ४९ करोड,परराष्ट्रलाई ७ अर्ब ८४ करोड,युवा तथा खेलकुदलाई ६ अर्ब ८ करोड,महिला मन्त्रालयलाई २ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ ।

चार वटा मन्त्रालय शिक्षा,गृह,भौतिक र शहरीले अर्वभन्दा बढी बजेट पाएका छन् । सबैभन्दा बढी शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेका छन्। गृहले २ खर्ब ८ अर्ब ६२ करोड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १ खर्ब ५१ करोड रुपैयाँ पाउँदा सहरीलाई १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।  मन्त्रालयगत खर्चमध्ये सबैभन्दा कम कानून न्याय तथा संसदीय मन्त्रालयको ५३ करोड ५६ लाख छुट्टाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सहसचिवको सरुवा हुँदा दुई तानिए बरण्डामा

समितिबाट पारित भएको निजामती विद्येयक २ सातासम्म गुपुचुप,मंगलबार प्रतिनिधि सभामा पेश गर्ने तयारी

राप्रपा नेपालका अध्यक्ष थापा पक्राउ

बीमा वोर्डले माग्यो १८० मेडिकल अधिकृत

सरकारले चलाएका ४५ सार्वजनिक संस्थान : २८ नाफामा,१४ घाटामा

२ अर्ब ५० करोड हिनामिनामा मुछिएका बैंकका अध्यक्ष पक्राउ

देउवा निवासमा कर्मचारी युनियनको घेराउ, निजामती विधेयकमा ६ बुँदे सुधारको माग

२१ शाखा अधिकृतको सरुवा {सूचीसहित}

बिशेष