कर्मचारी सरुवामा सुधार ल्याउने सचिवको योजना तीन महिनामै बिफल

सामान्य सचिव रविलाल पन्थको योजना चार महिना पनि टिक्न सकेन । गत २८ पुसमा संघीय मामिला तथा सामान्य सचिव बनेर गएका थिए रविलाल पन्थ । निर्वाचन आयोगबाट सामान्य प्रशासनका सचिव हुन पुगेका पन्थका निर्देशन र निर्णयहरु पनि ‘नयाँ जोगी बढी खरानी’ हुन पुगेको छ ।

बिज्ञापन

पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवाका कारण बदनामी छ । सरुवाको दररेटै तोकेर कर्मचारीहरु खटन पटन हुने,मनलाग्दी ढङ्गले कर्मचारीहरु चलाइन थालेपछि पन्थले कर्मचारी सरुवालाई व्यवस्थित,प्रभावकारी बनाउन खोजे । सोही अनुरुप महिनामा दुई दिन अर्थात हरेक महिनाको १ र १५ गतेमात्र कर्मचारी सरुवा गर्ने र सरुवालाई एउटा सिष्टममा लैजाने योजना बनाए । यही योजना अनुसार फागुन १ गते ५० उपसचिव र शाखा अधिकृतको सरुवा गरेको थियो । यस्तै चैत्र ६ गते २१ उपसचिव र ५९ शाखा अधिकृतको सरुवा गरिएकोमा चैत्रमा १७ मा ९ उपसचिव र २५ जना शाखा अधिकृत र वैशाखमा २५ शाखा अधिकृत र ८ जना उपसचिव सरुवा गरिएको थियो ।

बिज्ञापन

तर वैशाख दोश्रो साता मन्त्रालयले गरेको कर्मचारी सरुवाको सूची गुपचुप राखिएको छ । मन्त्रीका सचिवालय,कर्मचारी प्रशासन हेर्नेदेखि कर्मचारी ट्रेड युनियनकर्मीहरुको मोलमोलाईमा हरेक दिन अपारदर्शी र मनलाग्दी ढंगबाट कर्मचारी सरुवा हुँदा मन्त्रालय नै बदनाम हुन पुगेको स्थिति थियो । यसैलाई चिर्नका लागि सचिव पन्थले साताको दुई पटकमात्र कर्मचारी सरुवा गर्ने नीति लिएका थिए तर सचिवभन्दा कर्मचारी ट्रेड युनियनवाला र मन्त्रीको सचिवालय बलियो भएको मुलुकमा एक्ला रविलालको केही जोड चलेन ।

फेरि सामान्य प्रशासनबाट मनलाग्दी सरुवा हुन थालेको छ । त्यहाँका मन्त्री,कप्र हेर्ने कर्मचारीहरुदेखि कर्मचारी ट्रेड युनियनको प्रभावमा सो निर्णय पानीको फोका बन्न पुगेको छ । पन्थले सरुवा हुन चाहने कर्मचारीले मन्त्रालयमा निवेदन दिनुपर्ने र प्राप्त निवेदनलाई सङ्कलन गर्ने र महिनाको दुई पटक मात्र सरुवाको नीति लिएको भए पनि मन्त्रालयले मोलमोलाइका आधारमा फेरि सरुवा गर्न थालेको छ । पछिल्लो दिनमा एक दुई जनाका दरले गुपचुप सरुवा भइरहेको मन्त्रालयले जनाएको छ । यही सातामात्र सामान्यले दुई प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना उपसचिव चलाएको बताइएको छ तर सूची गुपचुप राखिएको छ मन्त्रालयले सहसचिवका दरबन्दी रहेको इटहरी र नेपालगञ्ज उपमहानगरपालिकामा नियम विपरित उपसचिवलाई खटाएको छ । रामहरि शर्मालाई नेपालगन्ज उपमहानगरपालिका र मीन भट्टराईलाई इटहरी उपमहानगरपालिकामा गुपचुप खटाएको छ । स्मरणीय छ,यस अघि मन्त्री राजकुमार गुप्ताकै सचिवालयबाट प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्नका लागि पाँच देखि सात लाख मागिएको ह्वासअप च्याट सार्वजनिक भएको थियो । ती स्वकीयलाई मन्त्रीले अझैं हटाउन सकेका छैनन्,उठ्तीपुठ्ती गरेर बुझाउने भएकै कारण उनलाई सचिवालयमै राखिएको कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

गृहमा उस्तै गडबडी

भूमि व्यवस्था मन्त्रालय हुँदै गृहमा पुगेका गोकर्णमणि दुवाडीको शासनमा झनै भद्रगोल देखिएको छ । एकातिर मापदण्ड विपरित कर्मचारीहरु सरुवा भइरहेको छ भने सो मन्त्रालयबाट यस अघिका मन्त्री र सचिवहुँदा सरुवाको सूची सार्वजनिक हुँदै आएकोमा गोर्कण गृहमा पुगेपछि कर्मचारी सरुवाको सूची गुपचुप राख्न थालिएको छ । मन्त्रालयले पछिल्लो समय किस्ताबस्तीमा सहसचिवदेखि उपसचिवहरुको खटन पटन गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा मतगणना स्थल तयारी पूरा

लाङटाङको मतपेटिका आजै हेलिकप्टरमार्फत धुन्चे ल्याइने तयारी

रसुवामा ५५.३० प्रतिशत मतदान, २२ हजार ९ सय ३४ मत खस्यो

रसुवामा ४२.०६ प्रतिशत मतदान, १७ हजार ४४५ मत खस्यो

पूर्वसचिव आचार्यको राष्ट्रिय गीत सार्वजनिक : जेनजी युवालाई देश निर्माणको आह्वान

व्हाट्सएप अभिव्यक्तिका कारण मतदान अधिकृत गैरे हटाइए

राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

बिशेष