२१ उपसचिवको सरुवा सातको गृहमा इन्ट्री,पाँचले पाए प्रमुख प्रशासकीय अधिकृत,तीनलाई सामान्यको बरण्डा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले विभिन्न मन्त्रालयदेखि स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,सात जना उपसचिव गृहमा इन्ट्री पाएका छन् । पाँच जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ भने तीन जनालाई सामान्यको अतिरिक्त समूहमा तानिएको छ ।

बिज्ञापन

गृह भित्रिएका उपसचिव हरिप्रसाद गैरे सञ्चारबाट,सामान्यको अतिरिक्त समूहबाट पोषणराज भण्डारी,रक्षाबाट गोमादेवी ढकाल पौडेल,कृषिबाट तेज प्रकाश प्रसाई,सहरीबाट खेमराज उपाध्याय,पाटन नगरपालिका बैतडीबाट सुवास पौडेल,जिल्ला समन्वय समिति महोत्तरीबाट शिवहरि पोखरेल रहेका छन् ।
यस्तै सामान्य प्रशासनले महेश पाण्डेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट छाँयानाथ रारा नगरपालिका,मुगु,शिक्षा मन्त्रालयबाट हेम कुमार ढकाललाई छेडागाड नगरपालिका जाजरकोट,हरिदत्त भट्टलाई गोदावरी नगरपालिका कैलालीबाट बेदकोट नगरपालिका कञ्चनपुर,माधव ढकाललाई बाग्मती नगरपालिका सर्लाहीबाट सामान्यको अतिरिक्त समूह,उद्योगबाट कृष्णप्रसाद जैसीलाई धुनिबेसी नगरपालिका धादिङमा खटाइएको छ भने धर्मानन्द जोशी बागचौरु नगरपालिकाबाट गणेशमान चारनाथ नगरपालिकामा खटाइएको छ ।
सूची अनुसार,श्रीधर गौतम उद्योगबाट सामान्यको अतिरिक्त,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीबाट लक्ष्मी पराजुली,माधव ढकाललाई सामान्यको अतिरिक्तमा तानिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

बिशेष