को होला स्वास्थ्य सचिव ?

डा रोशन पोखरेल घर फर्किएपछि रिक्त रहेको स्वास्थ्य सचिवमा को पुग्लान ? १२ फागनुदेखि स्वास्थ्य सचिव डा रोशन पोखरेलको अनिवार्य अवकास भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त स्वास्थ्य सचिवको नाम सिफारिस भएको छ ।

बिज्ञापन

सचिव समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी,मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रूपमा पूर्वस्वास्थ्य सचिव डा किरण रेग्मी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव रहेको समितिले डा. संगीता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस गरेको हो ।

बिज्ञापन

सिफारिस भएकामध्ये डा विकास देवकोटा हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा कार्यरत छन् भने डा संगीता कौशल मिश्र र डा टंक बाराकोटी मन्त्रालयमै कार्यरत छन् । जसमध्ये मिश्र ०७९ असार २३ गते १२ औ तहमा बढुवा भएकी हुन पनि विकास र टंक भने संगीता बढुवा भएको ९ महिना पछि चैत्रमा मात्र १२ औ तहमा उक्लिएका हुन ।

जसमध्ये स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल डा देवकोटालाई सचिव बनाउन चाहन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली झापाली बाराकोटीलाई सचिव बनाउने पक्षमा ।

बिज्ञापन

०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् । उनले हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन्,अहिले ।

यस्तै २०५६ सालबाट सेवा प्रवेश गरेका झापाली बराकोटीले मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन् । लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन् ।

यस्तै ५७ सालमा सेवा प्रवेश गरेकी मिश्र कोराना महामारीमा कोशी अस्पताल व्यवस्थापनमा अब्बल ठहरिएकी कर्मचारी हुन । उनी पछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल हुँदै स्वास्थ्य सेवा विभागको महानिर्देशक चलाइसकेकी कर्मचारी हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष