आन्तरिक राजश्व,भन्सार विभागका महानिर्देशकसहित १७ सहसचिवको सरुवा (सूचीसहित)

सरकारले १७ जना सहसचिवहरुको सरुवा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय मातहतका १७ सहसचिवहरुको सरुवा गरेको हो ।
जसमा आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद अचार्य,भन्सार विभागका महानिर्देशक हरिप्रसाद पुडासैनीदेखि अर्थकै दीर्घराज मैनालीहरु सरुवामा परेका छन् । जस अनुसार आचार्यलाई सामान्यको अतिरिक्त समूहमा लगिएको छ भने पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा खटाइएको छ भने मैनाली राष्ट्रिय सूचना आयोगमा पुगेका छन् । यस्तै अर्थका नारायण रिसाललाई गृहमा लगिएको छ भने गृह मातहत रहेका मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका तीर्थराज चिलुवाल र राष्ट्रिय महिला आयोगको सचिव पार्वती अर्याललाई भित्र्याइएको छ ।
राष्ट्रिय सूचना आयोगबाट कमल भट्टराई श्रमममा पुगेका छन् राष्ट्रिय योजना आयोगबाट यज्ञराज कोइरालालाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा लगिएको छ ।
यस्तै,परराष्ट्र मन्त्रालयमा रहेका उदय बहादुर रानालाई बाग्मती प्रदेशमा पठाइएको छ भने इटहरी उपमहानगरपालिकाबाट राम चरित्र मेहत्ता युवा तथा खेलकुद विकास मन्त्रालयमा ल्याइएको छ ।
राष्ट्रिय किताबखाना (शिक्षक)बाट युवराज पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय,संघीय अतिरिक्त समूहमा रहेका आदेश खड्कालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा खटाइएको छ भने श्रीचन्द्र साह अर्थ मन्त्रालयमा भित्रिएका छन् ।

बिज्ञापन

यस्तै रामकुमार गोइत,पुष्कर पोखरेल शहरी,प्रदेशबाट प्रेम सिंह भौतिकमा भित्रिदा भ्रष्टाचार मुद्धामा परेर निलम्बनमा परेकी नम्रता सिंहलाई सामान्यको अतिरिक्त समूहमा तानिएको छ ।

बिज्ञापन
Notices-20250211083559520

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपसचिव परीक्षामा चिट चोरेर लेख्ने गिरी कारबाहीमा, एक वर्ष परीक्षा दिन नपाउने

भूमि प्रशासनका दुई कार्यालय प्रमुखविहीन, मनमैजुमा भाइलाई पठाउँदै

सम्पत्ति छानबिनको राडारमा १२ मुख्यसचिवहरु

कार्यकक्षमै कुटिए सब इन्जियर,न्याय खोज्दै प्रहरीमा उजुरी

सामान्य प्रशासनमै गाभियो भूमि : बन्नेभयो भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय

कर्मचारीलाई सरकारको कडा चेतावनी – अब राजनीति गरे जागिर जाने

तीन करोड राजस्व हिनामिनामा बहालवाला तीन उपसचिवसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बालेनसँग डराएनन् ५ हजारभन्दा बढी कर्मचारी: बुझाएनन् सम्पत्ति विवरण

बिशेष