को हुन आन्तरिक राजश्वको सिष्टममा छिरेर राजश्वको दर हेरफेर गर्ने ?

राजश्वको सिष्टममा छिरेर केही ठूला व्यपारिक घरानाले तिर्नुपर्ने राजश्वको दर नै हेरफेर गरिएको बिषय प्रहरी हुँदै अदालतसम्म पुगेको छ । यो घटना चितवनको हो । ठूला घरानामध्येका एक मानिएका भाटभेटनी लगायतका केही कम्पनीको राजश्वको दर नै हेरफेर गरिएको प्रकरणमा प्रहरीले दुई उपर हालैमात्र मुद्धा चलाएको छ । यसमा जोडिएका अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीको भनाई छ । पछिल्लो समय आन्तरिक राजश्व विभागकै सिष्टममा छिरेर केही व्यापारिक फर्महरुको राजश्वको रकम नै हेरफेर गरिदिएको प्रकरणमा दुई जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार,एउटा अडिट फर्ममा कार्यरत ती कर्मचारीले ८ व्यवसायिक फर्मको विवरण अनाधिकृत व्यक्ति प्रवेश गरी राजश्वको दर नै हेरफेर गरिदिएको बिषयमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले हात हालेको हो । आन्तरिक राजस्व विभागको सिष्टममा अनधिकृत व्यक्ति प्रवेश गरी राजश्वको दर नै तलमाथि पारिदिएको भेटिएपछि ती फर्म सञ्चालकहरुले दिएको उजुरी दिएका थिए । करदाताहरुले आन्तरिक राजस्व कार्यालय भरतपुरमा निवेदन दिएपछि सोही निवेदनमा अनुसन्धान गर्दा अर्कै व्यक्तिले कम्पनीहरुको विवरण दाखिला गरेको भेटिएपछि यो बिषय विभागसम्म पुगेको थियो ।
यस अघि रसुवा भन्सार हुँदै केही समय भन्सार विभागका बसेका पुण्य बिक्रम खड्का, भरतपुर कर कार्यालयमा पुगेका छन् । करदाताको गुनासो र उजुरी पछि पुगेर उनले आन्तरिक राजश्वका हाकिम रामप्रसाद आचार्यलाई खबर गरेसँगै उनैले प्रहरीलाई यस्ता बदमासीमा मुछिएका व्यक्तिहरुलाई तत्काल पक्राउ गर्न भनेका थिए ।

बिज्ञापन

सोही अनुसार प्रहरीले दुई जनार्ला पक्राउ गरेर अनुसन्धान आगाडि बढाएको छ । प्रहरीका अनुसार,एउटा अडिट फर्ममा कार्यरत पुरिन पाण्डे र सन्तोष पराजुलीलाई पक्राउ गरेर अहिले उनीहरु उपर छानबिन भइरहेको छ ।

उनीहरुले भाटभटेनीको स्थायी लेखा नम्बर प्राप्त गरी सो भित्र छिरेर राजश्वको दर नै हेरफेर गरिदिएको बताइएको छ । भाटभेटनीसहित विभिन्न आठ वटा फर्मको राजश्वको दर नै हेरफेर गरिदिएको भेटिएपछि अहिले पक्राउ परेका दुई लाई जिल्ला अदालत काठमाडौंले सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१२ सहसचिव सामान्य प्रशासनको जगेडामा

६९ सहसचिव पदका लागि लोक सेवाले खुलायो विज्ञापन

एउटै पालिकामा दुईजना हाकिम पठाउनुभो, कसरी काम गर्ने मन्त्रीज्यू ?

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

बिशेष