को हुन आन्तरिक राजश्वको सिष्टममा छिरेर राजश्वको दर हेरफेर गर्ने ?

राजश्वको सिष्टममा छिरेर केही ठूला व्यपारिक घरानाले तिर्नुपर्ने राजश्वको दर नै हेरफेर गरिएको बिषय प्रहरी हुँदै अदालतसम्म पुगेको छ । यो घटना चितवनको हो । ठूला घरानामध्येका एक मानिएका भाटभेटनी लगायतका केही कम्पनीको राजश्वको दर नै हेरफेर गरिएको प्रकरणमा प्रहरीले दुई उपर हालैमात्र मुद्धा चलाएको छ । यसमा जोडिएका अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीको भनाई छ । पछिल्लो समय आन्तरिक राजश्व विभागकै सिष्टममा छिरेर केही व्यापारिक फर्महरुको राजश्वको रकम नै हेरफेर गरिदिएको प्रकरणमा दुई जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार,एउटा अडिट फर्ममा कार्यरत ती कर्मचारीले ८ व्यवसायिक फर्मको विवरण अनाधिकृत व्यक्ति प्रवेश गरी राजश्वको दर नै हेरफेर गरिदिएको बिषयमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले हात हालेको हो । आन्तरिक राजस्व विभागको सिष्टममा अनधिकृत व्यक्ति प्रवेश गरी राजश्वको दर नै तलमाथि पारिदिएको भेटिएपछि ती फर्म सञ्चालकहरुले दिएको उजुरी दिएका थिए । करदाताहरुले आन्तरिक राजस्व कार्यालय भरतपुरमा निवेदन दिएपछि सोही निवेदनमा अनुसन्धान गर्दा अर्कै व्यक्तिले कम्पनीहरुको विवरण दाखिला गरेको भेटिएपछि यो बिषय विभागसम्म पुगेको थियो ।
यस अघि रसुवा भन्सार हुँदै केही समय भन्सार विभागका बसेका पुण्य बिक्रम खड्का, भरतपुर कर कार्यालयमा पुगेका छन् । करदाताको गुनासो र उजुरी पछि पुगेर उनले आन्तरिक राजश्वका हाकिम रामप्रसाद आचार्यलाई खबर गरेसँगै उनैले प्रहरीलाई यस्ता बदमासीमा मुछिएका व्यक्तिहरुलाई तत्काल पक्राउ गर्न भनेका थिए ।

बिज्ञापन

सोही अनुसार प्रहरीले दुई जनार्ला पक्राउ गरेर अनुसन्धान आगाडि बढाएको छ । प्रहरीका अनुसार,एउटा अडिट फर्ममा कार्यरत पुरिन पाण्डे र सन्तोष पराजुलीलाई पक्राउ गरेर अहिले उनीहरु उपर छानबिन भइरहेको छ ।

उनीहरुले भाटभटेनीको स्थायी लेखा नम्बर प्राप्त गरी सो भित्र छिरेर राजश्वको दर नै हेरफेर गरिदिएको बताइएको छ । भाटभेटनीसहित विभिन्न आठ वटा फर्मको राजश्वको दर नै हेरफेर गरिदिएको भेटिएपछि अहिले पक्राउ परेका दुई लाई जिल्ला अदालत काठमाडौंले सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

बिशेष