पार्टी हेडक्वार्टरमै नेतामाथि हातपात

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान कुटाकुट भएको छ। अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर आइतबार ठाकुरमोहन श्रेष्ठमाथि  कुटपिट भएको हो। कुटाई खाने श्रेष्ठ सशस्त्रका पूर्व एआइजीसमेत हुन । धुम्वाराहीस्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठक सकिएर नेताहरु निस्किने क्रममा राप्रपाका नेता तथा पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण भएको हो।

बिज्ञापन

धुम्वाराहीस्थित बिहान बसेको कार्यसम्पादन समिति बैठक बसेको थियो । बैठकमा पाण्डेमाथि आर्थिक अनुशासनको प्रश्न उठेको थियो । त्यसक्रममा कार्यसम्पादन समितिका सदस्य श्रेष्ठले सिधै भ्रष्टाचारी भनेपछि  दुई पक्षबीच भनाभन समेत भएको थियो।  क्रुद्ध भएका पाण्डे बैठकबाट बाहिरिएका थिए । उनकै सहयोगी र समर्थकले श्रेष्ठलाई कुटपिट गरेको राप्रपा स्रोतको दावा छ ।
उनलाई आक्रमण गर्नेहरू पार्टीभन्दा बाहिरका मानिस रहेका बताइएको छ । र आक्रमणकारीहरु फरार रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्री भेटेर निस्कँदै गर्दा किस्पाङ अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

बाढी गएको १९ दिनपछि प्रधानमन्त्रीले भेटे जनप्रतिनिधिलाई

अख्तियार छिर्‍यो नागार्जुन नगरपालिकामा : करोडौँ तलब–भत्ता बुझ्ने आलेप अधिकृत गिरीमाथि छानबिन

यी हुन् श्रम मन्त्रालयका रैथाने कर्मचारीहरू

बिशेष