जिन्दगीको पाठशालाले दिएको उर्जा डा. दामोदर रेग्मी

श्रष्टाहरु यसै सामाजिक परिवेशका पात्रहरु हुन्। यी परिवेशका घटना वा अनुभूतिहरु श्रष्टाका कच्चा पदार्थहरु हुन् यिनैको मदतले श्रष्टाहरुले गीत, कविता वा कथा सिर्जना गर्ने गर्दछन् ।रचनाहरु सामाजिक परिवेशको प्रतिविम्व मात्र होइन यो सन्देशमूलक वा सूचनामूलक पनि हुनु आवश्यक छ । फरक यत्ति हो घटना वा परिवेशहरु यथार्थमा आधारित हुन्छन् ती यथार्थहरु जव श्रष्टाका अनुभूति वा कलममा बांधिन पुग्छन तव ती घटना र सामाजिक परिवेशहरु आकर्षक शव्दहरुमा रुपान्तरण मात्र हुदैनन् तिनिहरु कल्पनाको आकर्षक आवरणमा प्रस्तुत हुने गर्दछन् । यस्ता रचनाको भाव र निष्कर्ष सकारात्मक र आशावादी हुने गर्दछ । जीवनका भोगाइहरु तीता वा मीठा दुवै हुन सक्दछन् तर सिर्जनाले अन्तत मीठो अनुभूतिको परिकल्पना गर्न सक्नु पर्दछ। यस्ता सिर्जनाहरु तुलनात्मक रुपमा रुचाइने गर्दो रहेछ । यसर्थ सर्जकहरु पनि समाजको वास्तविक वा काल्पनिक दृष्यलाई सकारात्मकताको सन्देश प्रवाह गर्न सक्ने संवाहकहरु पनि हुन् ।

बिज्ञापन

कुनै घटना विशेषले मलाइ पनि गीत लेख्न प्रेरित गर्यो। यसै क्रममा बेलाबखत कोरिएका केही गीतहरु समेटेर सिरेटोले छुदै छुन्न नामक गीति संग्रह पनि तयार हुन पुग्यो । सिरेटोले छुदै छुन्न गीति संग्रहको सामाजिक सञ्जालव्दारा सार्वजनिक र यसका केही गीतहरुको स्वरांकन तथा भिडियो म्यूजिक सार्वजनिक भएपछि गीतकारको दायित्व समेत थपिएको छ । गीतकारको यो भूमिकाले समाजका यावत घटना वा परिवेशलाई शव्द मार्फत आफ्ना रचनामा समावेश गर्ने दायित्व पनि थपिएको छ ।गीत वा कुनै रचना सामाजिक परिवेशलाई शव्दमा रुपान्तरण गर्ने कला मात्र होइन यसले सामजिक जीवनका पक्षलाई कल्पनाको आकर्षक आवरणमा प्रस्तुत गरिदिन्छ । गीतकारहरु कहिलेकाहीँ त्यो कथाको पात्र मै हुँ कि भन्ने अनुभूतिका साथ गीत सिर्जना गर्ने गर्दछन्।कथाको पात्रको रुपमा आफूलाई राखेर गीत वा कविता सिर्जना गरियो भने त्यो रचना बढी वास्तविकतामा आधारित हुन्छ ।जानि नजानी आफूलाई यहि परिवेश अनुरुप अनुकुलित गराउदै गैरहेको छु ।

बिज्ञापन

यस्ता रचनाहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्दछ । सर्जकहरु कुनै सिर्जनाका उत्पादनकर्ता मात्र होइनन् यिनीहरु सकारात्मक समाज निर्माणका सम्बाहकहरु पनि हुन् । कुनै एक कार्यक्रममा मलाई तपाइ भविष्यमा कुन धार भएको गीत सिर्जना गर्नुहुन्छ भन्ने प्रश्न सोधिएको थियो ।यसमा मेरो जवाफ थियो भविष्यको वारेमा त म अहिले भन्न सक्दिन तर अहिले लेखिएका गीतको प्रवृत्ति र ती गीतहरुमा पाएको पृष्ठपोषणको आधारमा सकारात्मकता, आशावादिता, सकारात्मक समाजको निर्माणमा आशावादिताको सन्देश प्रवाह गर्ने खालका शव्दहरुले मेरो गीतमा स्थान पाउनेछन् ।
मैले लेखेको सिरेटोले छुदै छुन्न गीति संग्रहका अधिकांश गीतहरुलाई यहि धारमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।यस गीति संग्रहमा नविर्सने कथाको मीठो पाना तिमी, कथाले जे माग्यो त्यो भोगिदिएं, खियाउं नग्रा यहि देशको खातिर सेवा, त्यो लजालु मुस्कानले तीर नहान, हांसोमा रहेछ कृतिम चास्नी, वासन्ती सुवास लिएर तिमी आउन, धर्तीकी अप्सरा, सिरेटोले छुदै छुन्न, हराभरा जीवन हाम्रो प्रेमको, मनको वेदना कुन चिठी लेखुं, तारा जूनको यो रातमा, प्रकृतिलाई मुटुमा सांच्ने कि, केही पाइला तिमी चाल, कथाको विसर्जन, बादल लाग्यो त्यो डांडापारी खुल्ने हो कहिले, विर्सेर पनि नविर्सने त्यो असीम याद, आज फेरी प्रेमिल वर्षा वर्षायो, शायद जिन्दगी यस्तै रहस्यको जाल छ, विसाउं कि कथा अव यात्रा नै छैन, विर्सने पो कसरी परेली कुरिरहेछ, खुशीको बहार छायो, एक अञ्जुली मायाको उपहार छरिदेउ, अप्सरा भुलाउने लाली त्यो यौवन, बन्द पाना पुस्तकका एकान्तमा पल्टाउनु र जिन्दगीको यो पाठशालाले धेरै पढायो शीर्षकका गीतहरु समावेश छन् ।

“अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला” मेरो रेकर्डिंग र म्युजिक भिडियो बनेको दोश्रो गीत हो । मूलत प्रेमभावमा अगाडी बढेको भएपनि यसको शव्द र संगीत ले सकारात्मकता र आशावादिताको सन्देश बोकेको पृष्ठपोषण मलाई प्राप्त भएको छ । धेरै स्थानहरुमा सकारात्मक सोचका प्रशिक्षण हुदा यो गीतले स्थान पाएको देखियो । यसगीतमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ भने संगीतकारको भूमिका डि वि लामाले निर्वाह गरेका थिए । यो गीत आफैमा सकारात्मक भाव बोकेको र चुनौतीलाई स्वीकार्दै कर्मक्षेत्रमा लागिरहनु पर्ने वाक्यहरु गीतमा प्रयोग भएका थिए । यस गीतका थप केही वाक्यांशहरु यस्ता थिए जिन्दगी त जिन्दगी नै हो बाधा अड्चन आइरहन्छन् ,चम्किरहने त्यो चन्द्रमालाई पनि ग्रहणले छोपिदिन्छन , घामपानी हो जीवन पछ्याइरहन्छन सधै सधै, मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन धेरै धेरै , केही आंट बढाउ तिमी उत्साह म थपिदिउंला, केही पाइला तिमी चाल्नु जंघार म तरिदिउंला , सुखदुख हो जीवन घुमिरहन्छ सधै सधै, अध्यारोमा सूर्य पनि हराउंछ कहि कतै। गीतको सफलता संगै यी हरफहरु धेरै चर्चित बने ।यी हरफहरुमा भिडियो, रिल र टिकटकहरु धेरै बने ।गीतले यस किसिमको सफलता प्राप्त गर्नमा संगीत र गायक गायिकाको स्वरको उच्च स्थान त रहेकै थियो त्यसमा प्रयोग भएका शव्दहरुले पनि राम्रै साथ दिइरहेका थिए ।संगीतकार डि वि लामा संगको सहकार्यमा यो मनको चाहना अल्झियो कसरी बोलको गीत पनि यहि भावको सेरोफेरोमा रहन सफल भएको छ ।
मेरो शव्द रहेको मुरलीधरको स्वर र संगीतमा आएको “सिरेटोले छुदै छुन्न” गीतले विरह धार बोकेको भएपनि “साहस त जुटाउंला खेर जान दिने छैन, तिम्रो जीवनको यात्रा नटुटोस कुनै दिन” भन्ने हरफमा धेरै जनाबाट तारिफ आयो र गीतमा रहेको “सिरेटोले छुदै छुन्न” आलापले पनि अति प्रशंसा पायो । विरह भावमा रहेको यो गीतको यो हरफले आशावादिताको सन्देश प्रवाह गरिरहेको कारणले यो गीतलाई धेरैले रुचाउनु भयो ।स्टार अफ द मन्थ र अन्य कार्यक्रमहरुमा यो गीतले धेरै पटक बज्ने सौभाग्य समेत पायो ।

बिज्ञापन

यसै गरि मेरो शव्द, डि बी लामाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको “डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, चराहरु बास वसिसके तिमी अझै आएनौ” वोलको गीतमा पनि यस्ता केही सुखद अनुभूतिहरु रहन पुगे । सो गीत महिला स्वरको लागि तयार गरिएको थियो तर पुरुष स्वरमा आएको डमी पनि अतिनै कर्णप्रिय बनेको थियो । समीक्षा अधिकारीको स्वरमा स्वारांकन गरिदा गीत मनमोहक बन्न गयो । गीतले एउटा विरह गाथा बोकेको थियो । तर यसका शव्द र हरफ हरुमा श्रोताबाट राम्रो पृष्ठपोषण प्राप्त हुन पुग्यो ।”मनभरिको वेदना यो कुन चिठीमा लेखुं, पुर्याइदिने हुलाकी म कतै छन् कि खोजुं” “जूनको उज्यालो संगै आउछौ जस्तो लाग्छ” लगायतका सकारात्मक सन्देश बोकेका हरफले धेरै प्रशंसा पायो ।

मेरो शव्द, आनन्द कार्कीको स्वर र किरण कडेलको संगीत रहेको “एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ अबोध निश्चल त्यो नयनमा समाइदेउ, फूलैफूलको बाटिकामा प्रेमवर्षा गराइदेउ” गीतमा पनि सकारात्मक सन्देश बोकेका शव्दहरुको प्रयोगले छुट्टै छाप छोड्न सफल भयो।
मेरो शव्द रहेको, आनि छोइङ्ग डोल्माको स्वर र किर्ति न्यौपानेको संगीतमा रहेको जिन्दगीको पाठशालाले धेरै पढायो शव्दको गीत जीवन को भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा सकारात्मकता तर्फ अभिप्रेरित गर्ने भाववाट अघि वढेको छ । आनि छोइङ्गले यस अघि गाएको चर्चित गीत फुलको आंखामा फुलै संसार पनि यहि भावमा रहेको थियो । यसै कारणले पनि जिन्दगीको पाठशालाले धेरै पढायो वोलको गीतमा उहांको स्वर प्रयोग गर्न उपयुक्त ठानिएको थियो ।यस गीतका अन्य वाक्यांशहरुमा कहिले हसायो कहिले रुवायो जीवनका पहलु सवै सिकायो, बाधा विघ्न आउंछन् धेरै नमानी रत्ति , दुखमा आंशु पुछि सुखमा नमात्ति , व्यथाहरु लुकाइ हांस्न सिकायो , भत्केका ती आशालाई जोड्न सिकायो , ओइलाएको मन भित्र नयां जोश पलायो, चुनौतीको सामनामा उर्जा दिलायो, पौरखी यी हातमा भाग्य जुरायो, सकारात्मक बन्दै हिड्न बाटो देखायो रहेका छन् ।यो गीत संग अफ द विक साइनिंग स्टार अफ द विक र हट प्रपर्टि स्तम्भ अन्तरगत रहन समेत सफल भयो ।

यी केही गीतहरुमा प्रयोग भएका शव्दहरु र तिनमा आएका प्रतिकृयाहरु र मलाइ अन्तरवार्तामा सोध्दा दिएको उत्तर उस्तै सकारात्मकता र आशावादिताको सन्देश प्रवाह गर्ने गरि गीतका शव्दहरु संयोजन गर्ने कार्यमा सलग्न रहने र सकभर यहि धारलाई समाउने उत्प्रेरणा पनि मिलेको छ ।जीवन दुख र सुखको सम्मिश्रण हो, जीवन घाम र पानी हो, जिन्दगी त जिन्दगी नै हो बाधा अड्चन आइरहन्छन् किनकी चम्किरहने चन्द्रमालाई पनि ग्रहणले छोपिदिन्छन , मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन धेरै धेरै । हर परिवेशमा साहस त जुटाउंला खेर जान दिने छैन हाम्रो मूल मन्त्र बन्न सक्नु पर्दछ वास्तवमा जीवन नै यहि हो ।

यी एकाध प्रतिनिधिमूलक अनुभूतिहरुले गीत वा कुनै रचना सामाजिक परिवेशलाई शव्दमा रुपान्तरण गर्ने कला मात्र होइन यसले सामजिक जीवनका पक्षलाई कल्पनाको आकर्षक आवरणमा प्रस्तुत गरिदिने र गीतको भाव र निष्कर्ष सकारात्मक र आशावादी हुनु पर्ने र यस्ता सिर्जनाहरु तुलनात्मक रुपमा रुचाइने गर्दो रहेछ । यसर्थ सर्जकहरु पनि समाजको काल्पनिक दृष्यलाई सकारात्मकताको सन्देश प्रवाह गर्न सक्ने संवाहकहरु पनि हुन् । मेरा आगामी गीतका भाव र शव्द फरक हुन सक्लान तर हाल स्वरांकन भैसकेका केही पाइला तिमी चाल्नु जंघार म तारिदिउंला र जिन्दगीको पाठशालाले धेरै पढायो बोलका गीतहरुले एउटा सकारात्मकता र आशावादिताको सन्देश प्रवाह गर्न सके जस्तै यहि धारलाई समाउने उत्प्रेरणा पनि मिलेको छ । जिन्दगी चुनौती अवश्य हो यी चुनौतीहरुसंग अवसरहरु रहेकै हुन्छन् र चुनौतीले सकारात्मक उर्जा प्राप्तिमा पनि सहयोग गरिरहन्छ ।
डा. दामोदर रेग्मी प्रशासनविद र वरिष्ठ गीतकार हुन्

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

बिशेष