आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

काठमाडौं । शनिबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको अभाव देखिए पनि नेपाल आयल निगमले भने पर्याप्त मात्रामा ग्यास आयात तथा आपूर्ति भइरहेको दाबी गर्दै आएको छ।

बिज्ञापन

ग्यासको अभाव भएमा सम्पर्क गर्न भन्दै आयल निगमले उपभोक्ताका लागि सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ। तर बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको उपभोक्ताहरूको गुनासो बढिरहेका बेला निगमले विभिन्न माध्यमबाट ग्यासको समस्या नरहेको सन्देश प्रवाह गरिरहेको देखिन्छ।

बिज्ञापन

यही अवस्थाबीच शनिबार आयल निगम तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतिराम सापकोटासहितको टोलीले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ग्यासको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ।

आयल निगम सञ्चालक समितिका सदस्य वीरेन्द्र चन्दले सामाजिक सञ्जालमार्फत शनिबार बेलुका ७ बजेसम्म उपभोक्ताका फोन रिसिभ गरिएको तथा विभिन्न ग्यास कम्पनी र कीर्तिपुर क्षेत्रका ग्यास विक्रेताहरूको स्थलगत अनुगमन गरिएको जानकारी दिएका छन्।

बिज्ञापन

तर, चन्दले सामाजिक सञ्जालमा सार्वजनिक गरेका अनुगमनका तस्बिरले नै निगमको दाबीमाथि प्रश्न उठाएको छ।

चन्दले सार्वजनिक गरेको एउटा तस्बिरमा ग्यास विक्रेताको पसलमा ‘ग्यास छैन’ भनेर स्पष्ट रूपमा लेखिएको देखिन्छ। त्यस्तै, अर्को तस्बिरमा एचपी ग्यास र सगर ग्यास छैन भनेर टाँसिएको सूचना देखिन्छ।

यसले आयल निगमले सार्वजनिक रूपमा ‘ग्यासको अभाव छैन’ भनेर दाबी गरिरहे पनि स्थलगत रूपमा गरिएको अनुगमनकै क्रममा ग्यास उपलब्ध नभएको अवस्था भेटिएको देखाउँछ।

विशेषगरी, अनुगमनमा पुगेका अधिकारीहरूले ग्यास नपाइएको स्थानका तस्बिरसमेत सार्वजनिक गर्नु र अर्कोतर्फ ग्यासको अभाव नरहेको दाबी गर्नुबीच स्पष्ट विरोधाभास देखिएको छ।

उपभोक्ताहरूले भने बजारमा ग्यास खोज्दै विभिन्न डिपो तथा विक्रेतामा पुग्नुपरेको गुनासो गरिरहेका छन्। कतिपय स्थानमा ग्यास नपाएपछि उपभोक्ता रित्तो सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था रहेको बताइएको छ।

ग्यासको वास्तविक अवस्थाबारे बजारमा अन्योल भइरहेका बेला सम्बन्धित निकायले समस्या नै नभएको जस्तो गरी प्रचार गर्नुभन्दा कुन क्षेत्रमा कति ग्यास उपलब्ध छ, कहाँ अभाव छ र आपूर्ति कहिलेसम्म सहज हुन्छ भन्नेबारे स्पष्ट तथ्य सार्वजनिक गर्नुपर्ने उपभोक्ताहरूको माग छ।

आयल निगमकै पदाधिकारीले सार्वजनिक गरेको अनुगमनका तस्बिरमा ‘ग्यास छैन’ भन्ने सूचना देखिएपछि निगमको आधिकारिक दाबी र बजारको वास्तविक अवस्थाबीचको अन्तर थप पेचिलो बनेको छ।

अब प्रश्न उठेको छ—यदि बजारमा ग्यासको कुनै अभाव छैन भने अनुगमन गरिएका स्थानमै ‘ग्यास छैन’ भनेर सूचना किन टाँसिएको छ?

उपभोक्ताले भोगिरहेको अभावलाई स्वीकार गरेर तत्काल आपूर्ति सहज बनाउने कि सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत समस्या नै छैन भन्ने सन्देश प्रवाह गर्ने भन्ने विषयमा आयल निगम र सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष