महालेखा नियन्त्रक कार्यालयले कर्मचारीको मासिक तलबमा थप भएको १० प्रतिशत प्रोत्साहन भत्ता कर्मचारी सुविधाबाट नभइ ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार’ शीर्षकमा रकमान्तर गरी मिलाउन परिपत्र गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै प्रोत्साहन भत्ताको भुक्तानी ‘कर्मचारी सुविधा’ शीर्षकबाट नभई ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार’ शीर्षकमा रकमान्तर गरी मिलाउन कोलनिकाहरुलाई परिपत्र गरेको छ ।
बिज्ञापन
चालु आर्थिक बर्षमा राष्ट्रसेवक कर्मचारीहरूका लागि शुरू तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको थियो । सोही व्यवस्था कार्यान्वयनका लागि महालेखाले कोलनिकाहरुलाई आज परिपत्र गरेको हो ।
बिज्ञापन
परिपत्रमा भनिएको छ,आर्थिक वर्ष २०८३ ८४ को बजेट वक्तव्यको बुँदा नम्बर ६१ को खण्ड (ज) बमोजिम राष्ट्रसेवक कर्मचारीलाई कार्यसम्पादनका आधारमा सुरु तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरिएकोले उक्त प्रोत्साहन भत्ता भुक्तानी निकासा गर्दा बजेट उपशीर्षक नम्बर ६०१०००१५ (कर्मचारी सुविधा) बाट खर्च शीर्षक नम्बर २११३५ (कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक) मा रकमान्तर गरी भुक्तानीको व्यवस्था मिलाउन महालेखाका लेखा अधिकृत शुभाषचन्द्र अर्यालद्धारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ।




























