१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिल २ नम्बर नापी टोलीका अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले गत असार २ १ लाख ६० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको खत्रीविरुद्ध आज विशेष अदालतमा मुद्धा लगेको हो ।

बिज्ञापन

जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा टङ्गालबाट खटिएको टोलीले अमिन खत्रीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ माकालवारीस्थित कार्यालयबाट नियन्त्रणमा लिएकोमा एक महिना पछि उनीविरुद्ध विशेषमा मुद्धा लगिएको हो ।

बिज्ञापन

खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाईदिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस तथा रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले रंगेहात नियन्त्रणमा लिएको थियो ।

आयोगले खत्रीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो एक लाख साठी हजार रूपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार कैद र सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

बिशेष