३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन प्रशासन मन्त्रालयले एक महिनाको अवधिमा ३१९ जना कर्मचारीको अनलाइन प्रणालीबाटै सरुवा गरेको जनाएको छ । यद्यपि मन्त्रालयको अधिकारीहरुको यो दावीलाई सोही प्रणालीले भने खण्डन गरिरहेको छ । ।

बिज्ञापन

गत असार १६ मा यो प्रणाली विकास गरे यता सरुवाका लागि २ हजार ३ सय २२ जना कर्मचारीहरुले आवेदन दिएकामा महिना दिनको अवधिमा खरिदारदेखि उपसचिव तहका गरी ३१९ कर्मचारीको अनलाइन प्रणालीबाटै सरुवा गरिएको मन्त्रालयका अधिकारीहरुले दावी गरिरहेका छन् ।

बिज्ञापन

मन्त्रालयले सरुवा प्रणालीमा सुधार ल्याउन भन्दै बनाएको बनाएको कर्मचारी सरुवा व्यवस्थापन प्रणालीभित्र गएर हेर्दा मन्त्रालयका अधिकारीहरुले गरिरहेको दावीलाई सोही प्रणालीको डिस्प्ले भएको संख्याले भने खण्डित गरेको छ । ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएर महिना दिनमै ३ सय १९ जना कर्मचारीहरुको प्रणालीमार्फत सरुवा गरेको जनाएको भए पनि स्वीकृत सरुवा १० जनाको मात्र भएको विवरण अद्यावद्यिक देखिन्छ । यो सामाचार तयार पार्दासम्म प्रणालीमा ६ हजार प्लस कर्मचारी दर्ता भएका छन् । यस्तै,अनलाइनबाटै सरुवाका लागि २ हजार प्लस आवेदन प्राप्त भएको विवरण डिस्प्ले भएको देखिन्छ ।

मन्त्रालयले हालसम्म ३१९ कर्मचारीको अनलाइनबाटै सरुवा गरेको दावी गरे पनि प्रणालीले २० कर्मचारीको सरुवा स्वीकृत भएको र १० प्रक्रियामा रहेको उल्लेख छ तर मन्त्रालयले यो प्रणालीमा हलसम्म १० हजार ५३३ कर्मचारी सक्रिय रहेको,तीमध्ये २ हजार ३२२ कर्मचारीले सरुवाका लागि सरुवा सफ्टवेयरमार्फत निवेदन दिएका र हालसम्म एक हजार ९१० जना कर्मचारी सरुवाका लागि निर्णय प्रक्रियामा रहेको उल्लेख गरेका छन् । यही अवधिमा खरिदारदेखि उपसचिव तहका ३ सय १९ जना कर्मचारीको भने सरुवा सफ्टवेयरबाटै सरुवाको पत्र तयार भइसकेको मन्त्रालयले जनाएको भए पनि मन्त्रालयका अधिकारीहरुको भनाइलाई सोही सरुवा प्रणालीले खण्डित गरिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

बिशेष