कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

    सरकारले आर्थिक वर्ष २०८३ /८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक गरेको छ।

बिज्ञापन

यसअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट भाषणमार्फत आर्थिक वर्ष २०८३ /०८४ बाट साउन महिनादेखि लागू हुनेगरी कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता भनेर १० प्रतिशत बढाएका थिए । गत जेठ १५ को बजेटभाषणमार्फत बढाइएको  संघीय निजामती सेवाका कर्मचारी,नेपाली सेना,नेपाल प्रहरी,शिक्षक,स्वास्थ्य सेवाका कर्मचारीदेखि प्रदेश र स्थानीय तहका कर्मचारीको साउनदेखि बढेको नयाँ तलबमान सार्वजनिक क्याविनेटले स्वीकृत गरेसँगै बल्ल हिजो सार्वजनिक गरिएको हो ।

बिज्ञापन

चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले निजामती र सरकारी सेवामा रहेका कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत र कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणाली सुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत प्रोत्साहन भत्तासहित कूल २१ प्रतिशत तलब बढाउने घोषण गरिएको छ । अर्थ मन्त्रालयका अनुसार,कर्मचारीको तलगत तलबमान स्केल स्वीकृत गरिदिनका लागि हामीले साउन ६ गते नै मन्त्रीपरिषद्मा पठाएको थियो । सोही प्रस्ताव पछिल्लो क्याविनेटले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा मासिक प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था स्वीकृत गरेको हो ।

असार महिनासम्ममा मुख्यसचिवले ७७ हजार २ सय ११ रुपैयाँ आधारभूत तलब पाएका मुख्यसचिवको तलब बढेर ८४ हजार ९ सय ३२ रुपैयाँ पुगेको छ । त्यसमा १० प्रतिशत प्रोत्साहन भत्ता र यसअघिको महँगी भत्ता थपिँदा कुल मासिक पारिश्रमिक ९८ हजार ४ सय २५ रुपैयाँ पुग्ने छ । मुख्यसचिवको आधारभूत तलब करिब साढे ७ हजार रुपैयाँ बढेको छ भने सचिवको ७ हजार रुपैयाँजति बढेको छ ।
यस्तै सबैभन्दा तल्लो तह मानिने कार्यालय सहायकको तलब २७ हजार ६ सय ११ रुपैयाँ रहेकोमा अब बढेर ३० हजार ३ सय ७२ रुपैयाँ पुगेको छ । अब उनीहरूले यसअघिकै ५ हजार रुपैयाँ महँगी भत्ता निरन्तर पाउनेछन् भने करिब ३ हजार प्रोत्साहन भत्ता पाउनेछन् । सबैभन्दा तल्लो तहका कर्मचारीको आधारभूत तलब ३८ हजार ४ यस ९ पुग्ने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

बिशेष