अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख र सवारी चालकविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध मुद्धा चलाएको छ ।
बिज्ञापन
अख्तियारका अनुसार भ्याक्सिनेटरमार्फत सम्पन्न गरिएको पशु खोप कार्यक्रमको भुक्तानी रकम उपलब्ध गराएबापत १ लाख ३२ हजार ३५० रुपैयाँ घुसररिसवत लिएको पुष्टि भएसँगै कार्यालय प्रमुख र सवारी चालकलाई मुद्धा चलाएको आयोगले जनाएको छ ।
बिज्ञापन
भ्याक्सिनेटरहरूले कानुनबमोजिम पाउनुपर्ने पारिश्रमिक भुक्तानी गरिदिएबापत २० प्रतिशत रकम कमिसनका रूपमा सवारी चालकले माग गरेको र सोही क्रममा घुस रकम लिएको देखिएसँगै आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगको अनुसन्धानको क्रममा कार्यालय प्रमुख र सवारी चालकको मिलेमतो समेत देखिएकोले उनीहरूबाट १ लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गरी ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको माग गरि मुद्धा चलाइएको हो ।





























