मन्त्रीपरिषद्का सात निर्णय : नियुक्ति,नियमावली स्वीकृतदेखि विकास समिति खारेजसम्म

सरकारले विभिन्न निकायमा नियुक्ति गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत, विश्व विद्यालय अनुदान आयोगको अध्यक्ष र सचिव पदमा नियुक्तिका निर्णय गर्नुका साथैं तथ्याङ्क नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

आज बसेको मन्त्रिपरिषद्को विभिन्न सात वटा निर्णयहरु सार्वजनिक भएका छन् । जसमा क्याविनेटले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ । क्याविनेटले यस अघि लगानी बोर्डमै परामर्शदाताको रूपमा काम गरेकी अर्थशास्त्री उक्याबलाई नियुक्त गरेको हो ।
यस्तै, विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्राध्यापक डाक्टर खड्क बहादुर केसी र सचिव पदमा भोजपुरका प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गरिएको छ।
यता,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव अनुसार तथ्याङ्कको पहिलो संशोधन, नियमावली, २०८३ स्वीकृत गरिएको छ भने नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्ने निर्णय भएको छ। यस्तै,कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय भएको छ।
यता बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गरिएको छ।यसैगरी मन्त्रिपरिषद् बैठकले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष